जेना ओर्टेगा

अमेरिकी अभिनेत्री

जेना मेरी ओर्टेगा[२] (जन्म: सेप्टेम्बर २७, २००२[१]) एक अमेरिकी अभिनेत्री हुन्। उनले द सिडब्ल्यु हास्य-नाटक शृङ्खला जेन द भर्जिन (सन् २०१४–२०१९) मा जवान जेनको भूमिकाको लागि मान्यता प्राप्त गर्दै बाल अभिनेत्रीको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। डिज्नी च्यानल शृङ्खला स्टक इन द मिडल (सन् २०१६–२०१८) मा हार्ली डियाजको रूपमा अभिनय गरेर सफलता प्राप्त गरेकी थिइन्, जसको लागि उनले इमेजन पुरस्कार जितेकी थिइन्।[३][४] उनले सन् २०१६ देखि २०२० सम्म एलेना अफ एभालोर मा राजकुमारी इसाबेलको आवाजको भूमिका पनि निर्वाह गरेकी थिइन्।

जेना ओर्टेगा
Jenna Ortega
सन् २०२२ मा ओर्टेगा
जन्मजेना मेरी ओर्टेगा
(2002-09-27) २७ सेप्टेम्बर २००२ (उमेर २१)[१]
कोचेला भ्याली, क्यालिफोर्निया, अमेरिका[१]
पेशाअभिनेत्री
कार्यकालसन् २०१२–वर्तमान

ओर्टेगाले सन् २०१९ मा नेटफ्लिक्स थ्रिलर शृङ्खला यु को दोस्रो सिजनमा एली अल्वेसको भूमिका निभाएकी थिइन् र नेटफ्लिक्स पारिवारिक चलचित्र यस डे (सन् २०२१) मा अभिनय गरेकी थिइन्। उनले किशोर नाटक द फलआउट (सन् २०२१) मा उनको अभिनयको लागि आलोचनात्मक प्रशंसा प्राप्त गरेकी थिइन्, र स्ल्यासर चलचित्रहरू एक्सस्क्रिम (दुबै सन् २०२२) मा अभिनय गरेर आफूलाई स्क्रिम क्विनको रूपमा स्थापित गरेकी थिइन्।[५][६][७] २०२२ मा पनि, ओर्टेगाले नेटफ्लिक्स काल्पनिक शृङ्खला वेनस्डे मा वेनस्डे एडम्सको मुख्य भूमिका निभाएकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Disney Channel – Stuck in the Middle – Bios", DisneyABCPress, मूलबाट मे १, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २१, २०१६ मिति
  2. "Disney Channel on Instagram: "Fun facts about @jennaortega! #stuckinthemiddle"", Instagram, मूलबाट २०२१-१२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १२, २०१६ 
  3. Lewis, Andy (मार्च ३, २०१६), "Sneak Peak: Disney's First Latina Princess Gets a Book", The Hollywood Reporter, अन्तिम पहुँच अप्रिल १९, २०१६, "On the animated show, Aimee Carrero of Freeform's Young & Hungry voices Elena. Others doing voices include Jane the Virgin's Jenna Ortega, Saturday Night Live's Chris Parnell and Community's Yvette Nicole Brown." 
  4. Rodriguez, Priscilla (अप्रिल १५, २०१६), "EXCLUSIVE: Jenna Ortega on 'Stuck in the Middle' and Why Gina Rodriguez is Her Idol", Latina, मूलबाट अप्रिल २३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०२२ 
  5. Sippell, Margeaux (२०२२-०१-१२), "Jenna Ortega's Journey From Disney Channel Star to Scream Queen", MovieMaker Magazine, अन्तिम पहुँच २०२२-०१-१८ 
  6. "Jenna Ortega's Horror Movies Prove She's The New Scream Queen", Screen Rant, फेब्रुअरी ९, २०२२, अन्तिम पहुँच अप्रिल ५, २०२२ 
  7. "Jenna Ortega: The Scream Queen Of 2022", Game Rant, मार्च २९, २०२२, अन्तिम पहुँच अप्रिल ५, २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्