जी टिभी भारतको एस्सेल समूहको स्वामित्व रहेको हिन्दी भाषाको एक सामान्य मनोरञ्जनात्मक टिभी च्यानल हो। यो अन्य थुप्रै भातृ च्यानलहरूसँग जोडिएको छ, जसले हिन्दी, अङ्ग्रेजी र भारतका कतिपय क्षेत्रीय भाषाहरूमा सेवा प्रदान गर्दछन्। सन् १९९२ मा, एस्सेल समूहको एम्पायर होल्डिङ कम्पनी लिमिटेडलाई जन सञ्चारमनोरञ्जनको क्षेत्रमा एस्सेल ग्रुप भेञ्चरको उद्यमको रूपमा जी टेलिफिल्म्समा परिवर्तन गरियो (पछि यसलाई जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजमा नामकरण गरियो)।[१] यस समूहका अध्यक्ष सुभास चन्द्र हुन्, जो भारतको राज्य सभामा भारतीय जनता पार्टी समर्थित सदस्य हुन्।[२] जी टिभीको आरम्भ २ अक्टोबर १९९२ मा कम्पनीको प्रमुख च्यानलको रूपमा गरिएको थियो। यो च्यानल भारतको पहिलो हिन्दी भाषा सदस्यता च्यानल थियो।[३]

जी टिभी
सुरुवातढाँचा:Launch date and age
मालिकजी नेटवर्क
दृश्य ढाँचा576i (SDTV 16:9, 4:3),
1080i (HDTV)
नाराउम्मीद से सजे जीन्दगी
देशभारत
प्रधान कार्यालयबम्बाइ, महाराष्ट्र, भारत
भातृ च्यानल(हरू)जी सिनेमा
जी एक्शन
जी प्रीमियर
जी जागरण
वेबसाइटwww.zeetv.com

इतिहास सम्पादन गर्नुहोस्

सन् १९९२ मा एस्सेल समूहको एम्पायर होल्डिङलाई जी टेलिफिल्म्स लिमिटेडमा परिवर्तन गरियो।[४] जी टिभी च्यानललाई कम्पनीको प्रमुख च्यानलको रूपमा शुरू गरियो।[५] यस च्यानलको प्रसारण पहिलो पटक १ अक्टोबर १९९२ गरिएको थियो। त्यस पश्चात् सन् १९९३बाट यसले २४/७ च्यानलको रूपमा आफ्नो प्रसारण शुरू गरेको थियो।[१] सन २०१३ मा जी टिभी र यसका भातृ च्यानलहरूमा बाण्डलाई नै सुधार तथा परिवर्तन गरिएको थियो।[६]

सामग्री सम्पादन गर्नुहोस्

यस च्यानलले परिवार र नयाँ पुस्ताका मानिसहरूको लागि हास्यव्यङ्ग्य तथा ड्रामा सामग्रीहरू प्रायः जसो प्रसारण गर्दछ।[७] यसले विभिन्न वास्तविक कार्यक्रमहरू (रियालिटी शो) पनि प्रसारण गरेको छ, ती मध्ये केही शाबाश इण्डिया,[८] सा रे ग म ग प,[९] आई क्यान डु द्याट,[१०] इण्डियाज बेस्ट सिनेस्टार्स की खोज,[११]डान्स इण्डिया डान्स हुन्।[१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Bansal, Shuchi; Sheikh, Aminah (२०१२-०९-२९), "There and back again: Subhash Chandra and the Zee TV story", Livemint (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-२६ 
  2. Mohan, Archis (२०१६-०६-०१), "Subhash Chandra bets on BJP support for Rajya Sabha entry", Business Standard India, अन्तिम पहुँच २०२०-०२-२४ 
  3. "Zee TV completes 23 years", afaqs news bureau, afaqs, ६ अक्टोबर २०१५, अन्तिम पहुँच १९ डिसेम्बर २०१५ 
  4. "Zee Entertainment Enterprises History", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच २०२०-०२-२६ 
  5. Singh, Suhani (२१ अगस्ट २०१७), "Entertainment Inc.: The story of Zee, one of India's first Hindi satelite channels", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-२६ 
  6. "Zee channels to sport new logos", Business Standard, २००५-०३-२८, अन्तिम पहुँच २०२०-०२-२७ 
  7. "17 New serials are to be launched", IT Team, indianrelevision.com, ९ मार्च २००१, अन्तिम पहुँच १९ डिसेम्बर २०१५ 
  8. Sapna, Nair (१४ जुन २००६), "Action and adventure to rule Zee's prime slot", afaqs news bureau, afaqs, अन्तिम पहुँच १९ डिसेम्बर २०१५ 
  9. Prachi, Shrivastava (१८ डिसेम्बर २०१४), "Zee TV hikes ad rates for Sa Re Ga Ma Pa Li'l Champs 5", afaqs news bureau, afaqs, अन्तिम पहुँच १९ डिसेम्बर २०१५ 
  10. "After Oye! It's Friday, Farhan Akhtar is returning to TV", Hindustan Times, २७ अगस्ट २०१५, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  11. "Zee launches star hunt 'India's Best Cinestars Ki Khoj'", Indiantelevision.com, २१ अप्रिल २००४। 
  12. "DID Little Masters tops the flock; Zee slips back to No. 3", afaqs news bureau, afaqs, ४ मे २०१२, अन्तिम पहुँच १९ डिसेम्बर २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्