जीवनसाथी डटकम एक भारतीय वैवाहिक पोर्टल हो जून इन्फोको स्वामित्वमा रहेको छ। कम्पनीको प्रधान कार्यालय भारतको नोएडामा रहेको छ।[३]

जीवनसाथी डटकम
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगअनलाइन वैवाहिक वेबसाइट
स्थापितसन् २००४
स्थापनाकर्तासञ्जीव बिखचन्दनीले
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
हितेश ओबेरोय (कार्यकारी)[१]
उत्पादनहरूजीवनसाथी विशेष, ईसाथी, ईभ्याल्यु, ईरिस्ता, अफलाइन मिलान केन्द्र
मूल सङ्गठनइन्फो एज[२]
वेबसाइटwww.jeevansathi.com

अवलोकन सम्पादन गर्नुहोस्

यसको वेबसाइटलाई सन् २००४ मा इन्फो एज लिमिटेडले खरिद गरेको थियो।[४][५]

वेबसाइटमा ३१ मार्च २०१४ सम्म ६१ लाख भन्दा बढी पञ्जीकृत सदस्यहरू रहेका थिए। देशव्यापी रूपमा फैलिएका भारतका ३७ सहरहरूमा गरी यसका ५४ वटा कार्यालयहरूमा करिब २३० कर्मचारीहरू कार्यरत छन् भने कम्पनीको प्रधान कार्यालय भारतको नोएडामा रहेको छ।[३] जीवनसाथीको भारत भर १४ मिलान केन्द्र पनि रहेको छ। यो बम्बई सेयर बजारमा सूचीकृत छ।

इतिहास सम्पादन गर्नुहोस्

अक्टोबर १९९८ इन्फो एज इण्डियाका संस्थापक र कार्यकारी उपाध्यक्ष, सञ्जीव बिखचन्दनीले यस वैवाहिक वेबसाइटको सुरू गरेका थिए।जालस्थललाई इन्फो एजको प्रविधि विभागका प्रमुख अनिल ललले विकसित गरेका थिए। सेवाहरू प्रारम्भिक वर्षहरूमा निःशुल्क रूपमा प्रदान गरिएका थिए।

लेखा परीक्षा सेवाहरू अमित र रोहित टण्डनद्वारा गरिएको थियो। संस्थापक, सञ्जीवले आईसीआईसीआई भेञ्चर्सको अवस्थाको बारेमा व्याख्या गरेका थिए। वार्तालापको बेलामा, लेखा परीक्षकहरू एक डटकम कम्पनी खोल्नमा रुचि देखाएका थिए।[६] उक्त जालस्थल अमित र रोहित टण्डनलाई बेचिएको थियो, जसमा ३५ प्रतिशत सेयर सञ्जीव बिखचन्दनी राखेका थिए। टण्डन दाजुभाइहरूको स्वामित्वमा रहेको कम्पनीले ट्राफिक र राजस्व राम्रोसँग उत्पन्न गर्न थालेको थियो।

१) सन् २००४ मा, इन्फो एजले जीवनसाथीलाई पुनः खरिद गरेको थियो।

२) सन् २००८ मा, जीवनसाथी डटकमले एक नयाँ सुविधा प्रस्तुत गरेको थियो जसले सम्भावितहरूलाई उनीहरूको सम्भावित जीवनसाथीसँग गुगल वार्ता मार्फत कुराकानी गर्न पूर्ण गोपनीयता सहित अनुमति दिएको थियो।[७]

३) सन् २०११ मा, जीवनसाथी डटकम उत्तर भारतको एक मनपर्दो वैवाहिक वेबसाइटहरू मध्ये एक बनेको थियो।[८]

४) सन् २०१२-१३ मा, जालस्थलसँग ५६ लाख पञ्जीकृत प्रोफाइलहरू रहेका थिए।[९]

५) सन् २०१४ मा, जीवनसाथीले एन्ड्रोइड अनुप्रयोगको प्रक्षेपण गरेको थियो।[१०]

६) सन् २०१४ मा, जीवनसाथीले ग्रेट अनलाइन सपिङ फेष्टिबलमा भाग लिएको थियो।[११]

व्यापार नमूना सम्पादन गर्नुहोस्

जीवनसाथी डटकमले उपभोक्त देखि उपभोक्त व्यवसाय नमूनाको प्रयोग गर्दछ। वेबसाइटसँग नि:शुल्क सूची, खोजी, र चासो व्यक्त गर्ने सुविधा रहेको छ जसले चासोको अन्य अभिव्यक्तिहरूलाई स्वीकार गर्दछ। प्रयोगकर्ताहरूले सम्पर्क विवरणहरू अनिवार्य रूपमा दर्ता गर्नु पर्दछ। मिलान सेवाहरूका लागि अफलाइन केन्द्रहरू पनि सञ्चालित छन्। जीवनसाथी डटकमको मिलान केन्द्रहरूले अफलाइन प्रयोगकर्ताहरूलाई मिलन सेवाहरूको प्रदान गर्दछ। पहिलो केन्द्र सन् २००८ मा मुम्बईमा सुरु गरिएको थियो। [१२]

जीवनसाथी डटकम सन् २०१६-१७ को पहिलो त्रैमासिकको अवधिमा पहिलोपटक लाभदायक बन्न पुगेको थियो जसमा व्याज र करहरू भन्दा पहिला यसले ६५ लाख भारू आर्जन गरेको थियो। यसको राजस्व आर्थिक वर्ष सन् २०१६-१७ मा ₹ १०.९ करोडबाट १४.६ करोडमा ३४%ले बढेको थियो।[१३]

पुरस्कार तथा मान्यताहरू सम्पादन गर्नुहोस्

सन् २०१० मा, वेबसाइटले रेडियो विज्ञापनको लागि "सलोन से मुझे बाचाओ" रेडियो अभियानको लागि रजत पुरस्कार प्राप्त गरेको थियो जुन उनीहरूलाई सम्बन्ध जोड्ने सबैभन्दा विचित्रको प्रश्नपत्र खोज्ने प्रतिस्पर्धा थियो।[१४]

सन् २०१६ मा, यसको "बि फाउण्ड" अभियानले विज्ञापन क्लबको इएफएफआइ पुरस्कारको "सेवाहरूमा अन्यको श्रेणीमा कास्य पुरस्कार जितेको थियो।[१५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "fuccha", फुच्चा, अन्तिम पहुँच २० Aug २०१३ 
  2. "Info Edge acquires TooStep.com", विजजेस स्ट्यान्डर्ड, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३ 
  3. ३.० ३.१ Hindu Business Line, Hyderabad, Aug. 8 Case Study by jeevasnathi
  4. हिमा गोपाल कृष्ण (१६ नोभेम्बर २०११), "Job sites will have to move beyond providing information on jobs", द हिन्दु, अन्तिम पहुँच २७ अगस्ट २०१२ 
  5. कम्पनीको इतिहास - इन्फो एज (भारत) लिमिटेड इन्फो एज (भारत) लिमिटेड
  6. "Info Edge's Sanjeev Bikhchandani shares his slip-ups on the path to success", बिजनेस टुडे/, अन्तिम पहुँच २४ अप्रिल २०१४ 
  7. "Jeevansathi integrates with Google Talk : Innovation is where the money is?", Press Release, नेक्स्ट बिग ह्वाट डटकम, २४ जुलाई २००८, अन्तिम पहुँच २४ जुलाई २००८  वेब्याक मेसिन अभिलेखिकरण १८ नोभेम्बर २०१३ मिति
  8. "Booming biz of online marriages", बिजनेसस्ट्यान्डर्ड/, अन्तिम पहुँच २२ Dec २०११ 
  9. "वार्षिक प्रतिवेदन २०१२-१३", इन्फो एज डटइन  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-२८ मिति
  10. "Jeevansathi.com's App Launched On Google Play Store", Press Release, इएफवाई टाइम्स, २६ जुन २०१४, अन्तिम पहुँच २६ जुन २०१४ 
  11. aegindia (११ Dec २०१४), "Jeevasnathi.com with Google to participate in Great Online Shopping Festival", एइजी इण्डिया, मूलबाट ११ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ Dec २०१४  = Archive.today अभिलेखिकरण ११ डिसेम्बर २०१४ मिति
  12. "Jeevansathi.com launches 'Match Point' outlets in Mumbai", मनी कण्ट्रोल डटकम/, अन्तिम पहुँच ११ Nov २००८ 
  13. "Jeevansathi turns profitable for the first time in 10 years", भिसिसर्कल, १४ अक्टोबर २०१६, अन्तिम पहुँच अक्टोबर ५, २०१७ 
  14. "Jeevansathi.com Awarded At Exchange4media Radio Awards", इएफवाई टाइम्स/, अन्तिम पहुँच ८ Oct २०१० 
  15. "Effie 2016 Results", द एड्भरटाइजिङ क्लब, डिसेम्बर २०, २०१६, अन्तिम पहुँच फेब्रुअरी १६, २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्