जिमोबाइल, (पूरा नाम विश्वव्यापी मोबाइल दूरसञ्चार संयुक्त पूँजी कम्पनी) वा सामान्यतया जिटेल मोबाइल एक भियतनामी मोबाइल दूरभाष सञ्चालक वा दूरसञ्चार कम्पनी हो। यसको प्रधान कार्यालय भियतनामको राजधानी हनोईमा अवस्थित छ। यसको आधिकारिक रूपमा स्थापना १७ सेप्टेम्बर २०१२ मा भएको थियो।[१].

जिटेल मोबाइल
व्यवसाय प्रकार
सिमित दायित्व कम्पनी
उद्योगमोबाइल सञ्चार, दूरसञ्चार
स्थापित१७ सेप्टेम्बर २०१२
केन्द्रीय कार्यालयहनोई, भियतनाम
मुख्य व्यक्ति
न्युगेन भान डु (निर्देशक)
उत्पादनहरूमोबाइल सञ्जाल, दूरसञ्चार सेवाहरू
ब्रान्डहरूजिमोबाइल
मूल सङ्गठनविश्वव्यापी दूरसञ्चार निगम
वेबसाइटwww.gmobile.vn

ब्राण्ड जिमोबाइल हाल जिटेल मोबाइलको नियन्त्रणमा रहेको छ र यो बिलाइन भियतनाम उत्तराधिकार हो। जिटेललाई सरकारी स्वामित्वमा रहेको संयुक्त पूँजी कम्पनी विश्वव्यापी दूरसञ्चार निगमको मातहत सार्वजनिक सुरक्षा मन्त्रालयको अधिनमा छ।[२]

इतिहास सम्पादन गर्नुहोस्

विश्वव्यापी मोबाइल दूरसञ्चार संयुक्त पूँजी कम्पनी वा जिटेल मोबाइल ८ जुलाई २००८ मा संयुक्त रूपमा दुईवटा शेयरधनी विश्वव्यापी मोबाइल निगम र रूसको अग्रणी दूरसञ्चार कम्पनी भिम्पेलकमले सुरुवात गरेका थिए।[३]

अप्रिल २०१२ मा भिम्पेलकम, संयुक्त पूँजी कम्पनीबाट निस्किएको थियो र यसको सम्पूर्ण शेयरहरू भियतनामी पक्षमा परेको थियो जसले गर्दा जिटेल मोबाइल संयुक्त पूँजी कम्पनी आधिकारिक रूपमा १००% घरेलु स्वामित्वमा रहेको भियतनामको दूरसञ्चार क्षेत्रमा काम गर्ने कम्पनी बनेको थियो। भिम्पेलकमले आफ्नो सम्पूर्ण सम्पत्ति एक ताका ५०० मिलियन अमेरिकी डलर परेकोलाई ४५ मिलियन अमेरिकी डलरमा बेचेको थियो।[४]

अगष्ट २०१२ सम्म, भियतनामको दूरसञ्चार बजारमा, जिमोबाइल टुक्रिएर बिलाइन ब्राण्डको प्रयोग गरेको थियो। सेप्टेम्बर २०१२ मा, जिटेल मोबाइल संयुक्त पूँजी कम्पनीले बिलाइन ब्राण्डलाई प्रतिस्थापन गर्दै पुन: सेवा जिमोबइलको रूपमा सेवा सञ्चालन गर्ने घोषण गरेको थियो।

बजार साझेदारी तथा प्रतिस्पर्धीहरू सम्पादन गर्नुहोस्

सन् २०१२ मा अनुमानित राजस्वका अनुसार, जिमोबाइलले ३.२% बजार साझेदारी गरेको थियोे जसले गर्दा यो भियतनामको पाँचौ सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक बनेको थियो।

यसका मुख्य प्रतिस्पर्धीहरू भिट्टेल जसको बजार साझेदारी ४०.६७% रहेको छ यसका साथै भिनाफोन ३०%, मोबिफोन १७.९% रहेको छ जसमध्येको भिनाफोनलाई भियतनाम हुलाक तथा दूरसञ्चार कम्पनीको नियन्त्रणमा रहेको छ। (मोबिफोन सन् २०१४ देखि भियतनाम हुलाक तथा दूरसञ्चार समूहबाट छुट्टिएको छ) यी तीनवटा कम्पनीहरूले भियतनामको दूरसञ्चार क्षेत्रमा लगभग ९०% बजार साझेदारी गरेका छन् र बाँकी जिमोबाइल र एस-फोनका एकदमै न्यून ग्राहकहरू रहेका छन् र अर्को महत्त्वपूर्ण प्रतिस्पर्धी भनेको भियतना मोबाइल हो जसको बजार साझेदारी ८% रहेको छ।[५]

सन् २०१२ मा जिमोबाइलको तीस लाख २० हजार ग्राहकहरू रहेका छन्। [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Tổng công ty Viễn thông Toàn cầu", GTel, अन्तिम पहुँच ngày ५ tháng १ năm २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१९ मिति
  2. "Tập đoàn viễn thông toàn cầu", GTel, मूलबाट २४ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१३ मिति
  3. Gmobile, tổng quan वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१३ मिति अभिगमन मिति २२/०४/२०१८
  4. Gmobile chính thức thay thế Beeline, Sim số.
  5. ५.० ५.१ "Năm 2012 khó khăn của các mạng di động nhỏ", Gafin.vn, ngày ३ tháng १ năm २०१३, अन्तिम पहुँच ngày ४ tháng १ năm २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१९ मिति