जितु नेपाल नेपालका एक चर्चित हाँस्य कलाकार तथा अभिनेता हुन्। उनलाई "मुन्द्रे" भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्। त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् तर उनलाई चलचित्रप्रति त्यति मोह छैन।[४] उनलाई हाल दर्शकसामु मुन्द्रे भनेर चिनाउने टेलिश्रिङ्खला भने जिरे खुर्सानी हो। जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका हुन्। यस टेलिचलचित्रमा जितु नेपाललाई छोराको भुमिकामा देख्न पाइन्छ। [५] आजकाल उहाँ मुन्द्रेको कमेडी क्लब सञ्चालन गर्नुहुन्छ ।

जितु नेपाल
जन्मजितु नेपाल
बि. सं. २०३२ असार १[१]
काठमाडौँ, नेपाल
अन्य नाममुन्द्रे
पेशाअभिनेता, निर्देशक, पार्श्वगायक[२]
कार्यकालसन् २००३ देखि जारी
जीवनसाथीमुना नेपाल
सन्तानसम्रिद्धि नेपाल
सक्षम नेपाल[३]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

जितु नेपालको जन्म बि. सं. २०३२ असार १ गते भएको थियो।[१] जितु नेपालले बि. सं. २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा माविबाट एसएलसी परीक्षा दिएका हुन्। एसएलसी परीक्षामा उनको सिम्बोल नम्बर ३७९५५'यु' थियो। जितुले एसएलसी सेकेन्ड डिभीजनमा उत्तीर्ण गरेका हुन्। त्यो वर्ष उनको विद्यालयबाट ४०/४५ जनाले एसएलसी परीक्षा दिएपनि उनिसहित ५ जना मात्र उत्तीर्ण भएका थिए।[६] जितु नेपालले बि. सं. २०५९ फागुन१३ गते मुना नेपालसंग मागी बिहे गरेका हुन्। उनको बिहेमा तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौलाजस्ता अरु थुप्रै चर्चित कलाकारहरूको उपस्थिति थियो। जितु र मुना नेपालका दुइ सन्तान छन्। उनिहरूको छोरी सम्रिद्धिको बि. सं. २०६१ शालमा र छोरा सक्षमको बि. सं. २०६३ सालमा जन्म भएको हो।[३]

चलचित्र सम्पादन गर्नुहोस्

साल चलचित्र
सन् १९९७ गुरु चेला
सन् २००५ कहि मिलान कहि बिछोड
सन् २०१० सपनाको नौलो संसार
सन् २००७ किस्मत

टेलिश्रिङ्खला सम्पादन गर्नुहोस्

  • जिरे खुर्सानी : जिरे खुर्सानी एक हास्यब्यङ्ग्य टेलिश्रिङ्खला हो। यो सन् २००३ सालदेखि हरेक सोमबार बेलुका ८:४० बजे नेपाल टेलिभिजनबाट प्रकासित हुने गर्छ। जितु नेपाल यस टेलिक्षिङ्खलाका अभिनेता मात्र होइनन्, उनले शिवहरि पौडेलसंग मिलेर यो टेलिक्षिङ्खला सुरु गरेका हुन्। यति मात्र होइन जिरे खुर्सानीको सुरुवाति गित पनि उनलेनै गएका हुन्।
  • मुन्द्रेको चर्तिकला : मुन्द्रेको चर्तिकला जितु नेपालले चलाउने एक हास्य टेलिश्रिङ्खला हो। यस टेलिश्रिङ्खलामा जितु विभिन्न ब्यक्तिको भुमिका निभाएर दर्शकहरूलाई मनोरन्जन प्रधान गर्छन। उनले अभिनय गरेका केहि भुमिका नेता, पर्यटक इत्यादि हो। [७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Jeetu Nepal, Birthday, "जितु नेपालको जन्मदिन", अर्जुनकुमार संग्रौला/उज्यालो, ebaglung.com, अन्तिम पहुँच २० जुलाई २०१३ [dead link]
  2. Jeetu Nepal, Occupation, "जितु नेपालको पेशा", MJ Guthrie, अन्तिम पहुँच २० जुलाई २०१३ [dead link]
  3. ३.० ३.१ Jeetu Nepal, Marriage (२०१२/०८/३०), "जितु नेपालको विवाह", Saurya Dainik, अन्तिम पहुँच २१ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१२ मिति
  4. "इन्टर पास त गरेको छु “मुन्द्रे”", २२/०९/२०१०, अन्तिम पहुँच २५ जुलाई २०१३ 
  5. Jeetu, Nepal, "जितु नेपालको जिवनी", Medianptv, अन्तिम पहुँच १० जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण ९ जनवरी २०१४ मिति
  6. "‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन", onlinekhabar.com, २८ Jestha २०७०, अन्तिम पहुँच २६ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०१३ मिति
  7. "मुन्द्रेको चर्तिकला", xnepali.com, xnepali.com, अन्तिम पहुँच २६ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १ सेप्टेम्बर २०१३ मिति