जय भीम

आम्बेडकरवादी अभिवादन

जय भीम नवयानी बौद्धवादआम्बेडकरवादमा लागेका व्यक्तिले अभिवादनको रूपमा प्रयोग गर्ने वाक्यांश हो । "जय" ("विजय" वा "जीत") र "भीम" (बाबासाहेब आम्बेडकरको नाम) शब्दको संयोजन गरी निर्माण गरिएको "जय भीम" वाक्यांशको शाब्दिक अर्थ "बाबासाहेब आम्बेडकरको जीत होस्" हो ।[१] "जय भीम" बौद्ध, दलित, आदिवासी तथा अन्य शोषित र उत्पीडित समुदायमा पहिचान र क्रान्तिको प्रतीक हो । मूलतः यो अभिवादन कुनै प्रकारले पनि धार्मिक नभएपनि धेरैजसो आम्बेडकरवादी जनता बौद्धमार्गी भएको हुनाले यस अभिवादनलाई बौद्ध धर्ममा पनि प्रयोग गरिन्छ ।[२] सरल रूपमा यो अभिवादन बाबासाहेब आम्बेडकर र उनको दर्शन प्रतिको सम्मानको अभिव्यक्ति मात्रै हो । यद्यपि, वर्तमानमा यसले आत्मसम्मान र गौरवको प्रतिनिधित्व गर्छ । करोडौँ भारतीय जनताले आफू आम्बेडकरद्वारा प्रभावित र प्रोत्साहित भएको देखाउन यस अभिवादनको प्रयोग गर्छन् ।

भीम ध्वजमा "जय भीम"

सुरुवात सम्पादन गर्नुहोस्

वर्तमानमा विश्वभरका आम्बेडकरवादी जनताले बाबासहेब प्रतिको सम्मान, आत्मसम्मान र गौरव व्यक्त गर्न "जय भीम" वाक्यांशको प्रयोग गर्छन् । यसको सुरुवात भने आम्बेडकरका निष्ठावान् सहयोगी हरदास लक्ष्मणराव नगरालेले सन् १९३५ मा गरेका थिए । २० डिसेम्बर १९३९ देखि बाबासाहेब आम्बेडकरले आफैँ पनि "जय भीम" लेख्न र प्रयोग गर्न थालेका थिए ।[३][४] बोले इन्डिया जय भीम चलचित्रको प्रथम वाक्य नै "जय भीम" अभिवादन हो । बाबु हरदासलले भीम विजय सङ्घका कर्मचारी गणलाई पनि "जय भीम" भनी नै बधाई दिएका थिए ।[४]

वर्तमानमा प्रयोग सम्पादन गर्नुहोस्

आज धेरैले आधुनिक भारतका शिल्पकार बाबासाहेब आम्बेडकर प्रतिको सम्मान र अभिवादन व्यक्त गर्न "जय भीम" वाक्यांशको प्रयोग गर्छन् ।

थप लेख सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. क्रिस्टोफ, जाफ्रेलट (सन् २००५), Dr. Ambedkar and untouchability: analysing and fighting caste, पृ: १५४–१५५, आइएसबिएन 978-1-85065-449-0 
  2. "Fatwa on BSP Slogan Sparks Off Debate", आउटलुक इन्डिया 
  3. मन्वतकर, वृत्तान्त, "Jai Bhim in JNU - Freedom or Social Justice", राउन्डटेबल इन्डिया, राउन्डटेबल इन्डिया, अन्तिम पहुँच २० मे २०१७ 
  4. ४.० ४.१ जमुनादास, के., "Jai Bhim and Jai Hind"