जनता दल नेपाल
जनता दल नेपाल नेपालको एक राजनीतिक दल हो । यो पार्टीका वर्तमान अध्यक्ष रामकुमार ओझा हुन् । जनता दल नेपालको केन्द्रीय कार्यालय काठमाडौंको देवीनगरमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो । उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह याक थियो ।[१] जनता दल नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ३५० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १०,६४५ मत प्राप्त गरेको थियो ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।