सामाजिक एकता पार्टी नेपालको एक लोकतान्त्रिक पुजिवादि अर्थनीति अवलम्बन गरेको नेपालको एक मात्र राजनीतिक दल हो जसले स्वतन्त्रता, मानवअधिकार, नागरिक अधिकार, सम्पत्तिको अधिकार, बालिक मताधिकार, बहुलवाद मा आधारित लोकतन्त्र, संविधानवाद, विधिबाद, लोककल्याण, धार्मिक स्वतन्त्रता, धर्म निरपेक्षतालाई आत्मसात गरेको छ। यो दलले मिति २०७८ पुषमा आफ्नो दोस्रो महादिवेसन धादिङ जिल्ला सदरमुकाम निलकण्ठ नगारमालिकामा सम्पन्‍न गरेको छ । दोस्रो महादिवेसनले यस पार्टीको अध्यक्षमा डा. बि पि खनाललाई चयन गरेको छ भने महासचिव श्री रोसन खतिवडालाई चयन गरेको छ । दोस्रो महादिवेसनबाट बरिष्ठ उपाध्यक्षमा श्री सुनिल महर्जन, उपाध्यक्ष श्री द्वारिका क्षेष्ठ, सहमहासचिवमा श्री विदुर अधिकारी लगायत ३३३ सदस्यीय केन्द्रिय कार्य समिति पनि चयन गरेको छ । जनजागरण पार्टी नेपालका निवर्तमान अध्यक्ष लोकमणि ढकाल हाल बरिष्ठ नेताको रुपमा कायम छन्। जनजागरण पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह टर्च लाईट थियो।[१] यो पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ३,५१० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २७,३९७ मत प्राप्त गरेको थियो।[२]

जनजागरण पार्टीको दोस्रो महादिवेसनकोले तयार पारेको नारा यस प्रकार छ ।

संधियता, लोकतन्त्र, संविधानवाद;

सहकारिता, उद्यमसिलता, पूजिवाद

लोककल्याणकारी पूजिवाद मानव विकासको समृद्ध र समतामुलक ब्यवस्थाका लागि पूजिवादको जगमा लोककल्याणकारी समाज स्थापनाको परिकल्पना गरिएको छ ।  सो लक्ष प्राप्त गर्न उद्दारवादी विदिवादलाई बैकल्पिक उपायको रुपमा अवलम्बन गरिएको छ, जसमा खुल्ला अर्थतन्त्रमा आधारित लोककल्याणकारी प्रयत्नको विशिष्ट स्थान रहन्छ । राज्यले नागरिकको आर्थिक र सामाजिक प्रगतिमा जिम्मेवार भूमीका निर्वाह गरी व्यापार, ब्यवसाय गर्नको निम्ति सहजकर्ताको भूमिका खेल्दै ब्याक्तिगत सम्पत्तिको अधिकार, लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता, बहुलवाद, विधिको शासन, खुल्ला बजार अर्थनीति र राज्यको कम नियन्त्रण रहने सिदान्तलाइ आत्मसाथ गरिएको छ । श्रमको बाँडफाँड, माग र आपूर्ति, आपसी समझदारीमा हुने लेनदेन, छनौट र प्रतिस्पर्धामा आधारित अनुसन्धान, उत्पादन, बजारिकरण, लगानी  छनौट गर्ने, खरिद-बिक्री आदि जस्ता कार्य गर्ने स्वतन्त्रता सबै नागरिकलाई हुनुपर्छ । नागरिकका आधारभुत आवस्यकता जस्तै शिक्षा, स्वास्थ्य, आवास, रोजगारी तथा सामाजिक सुरक्षा लगायत दाइत्व राज्यले लिन्छ र नागरिकले स्वतन्त्र रुपमा आय आर्जन गरी राज्यलाई कर तिर्छन् ।

आज संसारमा जति पनि देशले आर्थिक विकासको फड्को मारेका छन् ती सबैले पुजीबादी अर्थ व्यवस्थालाई अनुकरण गरेर सफल भएका छन् । चिन, स्वीडेन, डेनमार्क, नर्वे फिनल्यान्ड आदि देश जो आफूलाई समाजवादी भन्दछन्, उनीहरूले पनि पुजीबादी अर्थ व्यवस्थालाई  अनुसरण गरी समृद्धि हासिल गरेका छन् र विश्वमा करिव दुई अर्ब मानिसहरू गरिबीको रेखामाथि उठेका छन् । न्यापूर्ण वितरणमा आधारित समतामुलक समाजमा लोककल्याणलाई प्रथमिकता दिने कल्याणकारी राज्य निर्माणको लागि पुजीवादी अर्थराजनीति आजको अपरिहार्य आवस्यकता भएको कुरा सबैले स्विकार्नु जरुरी छ ।

स्थानीय निर्वाचनलाई लक्षित गरी जनजागरण पार्टीले आफ्नो संक्षिप्त चुनावो घोषणापत्र सार्वजनिक गरेको छ ।


. प्राथमिक शिक्षा: निशुल्क, सुलभ, वैज्ञानिक, प्राविधिक, अनुसन्धानमूलक र व्यवहारिक तुल्याउने ।

. स्वास्थ्य: प्रत्येक १०० परिवारका लागि एउटा प्राथमिक स्वास्थ्य उपचार केन्द्र, निशुल्क, प्राथमिक स्वास्थ्यबारे जनचेतना र स्वयंसेवक तालिम कार्यक्रम, प्रत्येक २०० परिवारलाई एउटा एम्बुलेन्स सेवा, प्रत्येक स्वास्थ्यकेन्द्रमा कुशल स्वास्थ्यकर्मी खटाउने ।

. पिउने पानी: प्रत्येक घरानामा शुद्ध, स्वस्थ पिउने पानी उपलब्ध गराउने ।

व्यवस्थित आवास: नागरिक सूचना प्रविधिलाई सुव्यवस्थित गरी भूमिहीन-सुकुम्बासी समस्याको दीगो समाधान गर्ने, सार्वजनिक जनस्वास्थ्य सुहाउँदो नयाँ आवास व्यवस्था सुनिश्चित गर्ने, प्रत्येक घरका लागि भान्साकोठा, चर्पी र बस्ने-सुत्ने कोठाको योजनाबद्ध निर्माणमा जोड दिँदै विपन्न परिवारलाई सहुलियत ऋण र अनुदानको व्यवस्था गर्ने।

. ढलान (सिमेन्ट) सडक: डोजरे विकासलाई व्यवस्थित बनाउँदै कम्तीमा १० घर भएको गाउँलाई चारचक्के मोटर चल्ने सडक सञ्जाल र त्यसभन्दा पर रहेका हरेक घरमा पुग्ने सिमेन्ट प्रयोग गरिएको गोरेटो सडक सञ्जालले जोड्ने।

. स्थानीय उद्यमशीलता र रोजगार: स्थानीय स्रोतसाधन, उपभोग्यता र बजारको सम्भाव्यताको उचित पहिचान गर्दै युवा स्वरोजगार र उद्यमशीलताका अवसर जुटाउने, स्थानीय सहकारी स्थापना गर्ने, सामुहिक कृषि र सानो-मझौला स्थानीय उद्योगहरू शुरू गर्ने, बिचौलियारहित व्यवस्थित स्थानीय बजारको व्यवस्था गर्ने र दक्ष जनशक्ति उत्पादनका लागि प्रत्येक वडामा बहुप्राविधिक तालिमकेन्द्र स्थापना गर्ने साथै तालिमपस्चात ब्यावसाय स्थापना गर्नको लागि स्थानिय सरकारले लगानी गरिदिने ।

. कृषि उत्पादनमा वृद्धि र स्वनिर्भरता: 'कृषिप्रधान' देशको पहिचानलाई नवीकरण गर्दै स्थानीय हावापानी अनुसारको कृषि उपज बढाउन नस्ल सुधार, परिस्कृत  कृषि उत्पादनमा वृद्धि र स्वनिर्भरता: 'कृषिप्रधान' देशको पहिचानलाई नवीकरण गर्दै स्थानीय हावापानी अनुसारको कृषि उपज बढाउन नस्ल सुधार, परिस्कृत कृषि औजार, सुलभ उपचार र मल-बीउको उपलब्धता निश्चित गर्ने ।

. फोहोर-मैला व्यवस्थापन: शहर तथा शहरउन्मुख बस्तीमा व्यवस्थित ढल निकास, फोहोर-मैला व्यवस्थापनका लागि फोहरमैला निस्कासन, संकलन, विभाजन, प्रशोधन र पुनःप्रयोग गर्ने पद्धति विकास गर्ने, गाउँघरमा नियमित सरसफाइ र स्वस्थ वातावरण कायम राख्न आवश्यक व्यवस्था गर्ने । फोहोरमैलाबाट कम्पोष्ट मल बनाउँने प्रबिधिको बिकास गर्ने ।

. रमणीय गाउँ: घरघरमा विद्युत प्रसारण पुर्‍याउने वा वैकल्पिक उर्जा प्रयोग गर्ने, धूवाँ-धूलोरहित घर बनाउने जोड दिँदै खाना पकाउने परम्परागत उर्जा (दाउरा)को प्रयोग घटाउने र विद्युतीय उर्जा प्रयोग बढाउने। हरेक गाउँमा हरियाली बढाउँन समुदाय मार्फत बृक्षरोपण गर्ने साथै सामुदायीक बनमा फलफूलका विरुवा लगाइ बजारमा आपुर्ति र किसानलाइ आर्थिक फाइदा हुने कार्यक्रम ल्याउँने ।

१०. पर्यटकीय गाउँ: भाषा, संस्कृति, धर्म तथा जातीय विविधतायुक्त बस्तीहरूलाई आन्तरिक एवं बाह्य पर्यटनका लागि उपयुुक्त पर्यटकीय गाउँको रूपमा विकास गर्ने । हरेक पर्वत टाकुरामा विभिन्न प्रकारका हरिया घाँस र बुट्यानहरु लगाई रमणिय र पर्यटकिय स्थलको रुपमा विकास गर्ने । तराइका डुवानमा परेका क्षेत्रमा कृतिम ताला बनाइ साँस्कृतिक पर्यटकिय र ब्यवसायीक प्रवर्दन गर्ने ।    

११. सुशासन: देशको राजनीति र सार्वजनिक सेवाको क्षेत्रमा व्याप्त बनिसकेको भ्रष्टाचार, घूसखोरी, ढीलासुस्ति र विभेदकारी प्रचलन अन्त्य गर्ने साँचो प्रतिबद्धता …


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०