जनकपुर चुरोट कारखाना लिमिटेड

जनकपुर चुरोट कारखाना लिमिटेड नेपालको धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा तत्कालिन सोभियत सङ्घको प्राविधिक सहयोगमा स्थापित भएको हो। यसको उद्घाटन वि.सं. २०२१ साल पौष २९ गतेका दिन राजा महेन्द्रबाट भएको हो।[२] सुरुमा अधिकृत पूँजी रु. ८ करोड र जारी तथा चुक्ता पूँजी रु. ४ करोड ८ लाख ३७ हजार थियो। सुरुमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो भने ३ सय ६६ जनाले रोजगारी पाएका थिए।[३][४]

जनकपुर चुरोट कारखाना लिमिटेड
व्यवसाय प्रकार
सरकारी स्वामित्वको कम्पनी
उद्योगसुर्तीजन्य पदार्थ, चुरोट
भवितव्यतावि.सं. २०७० असार २० गते देखि बन्द
स्थापितवि.सं. २०२१ पौष २९[१]
उत्पादनहरूदेउराली, याक, गैँडा

संरचना सम्पादन गर्नुहोस्

जनकपुर चुरोट कारखाना ३३ बिघा ९ कट्ठा क्षेत्रफलमा फैलिएको छ।[५] कारखानाको कुल क्षेत्रफललाई तीन भागमा छुट्याइएको छ। कारखानाको भवन ८ बिघामा रहेको छ भने २० बिघामा आवास भवन र ५ बिघामा गोदाम रहेको छ। कारखाना सञ्चालनमा रहेको समयमा कर्मचारी आवासको लागि २५ वटा भवन निर्माण गरिएका थिए। भवनमा १०० भन्दा बढी कोठाहरू रहेका छन्।[६] कारखाना बन्द भएपछि वर्तमान समयमा यो क्षेत्रलाई मधेश प्रदेश सरकारले प्रयोग गरिरहेको छ।

उत्पादनहरू सम्पादन गर्नुहोस्

मुख्यतया यस चुरोट कारखानामा देउराली, याक र गैँडा गरि तीन प्रकारका चुरोटहरू उत्पादन गरिन्थ्यो।[७][८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जनकपुर चुरोट कारखानाको विद्युत् गृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०८ 
  2. "कस्तो विजोग अवस्थामा छ जनकपुर चुरोट कारखाना (फोटोफिचर र भिडियो)"रातोपाटी ((नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  3. "जनकपुर चुरोट कारखाना : कर्मचारी बिदा गर्न नाै करोड निकासा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०८ 
  4. "जनकपुर चुरोट कारखानाको गोदाममा लाखौँको सुर्ती सड्दै", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०८ 
  5. "जनकपुर चुरोट भवनमा प्रदेश सरकार मुकाम", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०८ 
  6. "गैंडा र याक चुरोटको ब्रान्ड निजी क्षेत्रलाई बेच्न सुझाव", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०८ 
  7. चन्द, सागर, "अचम्मका विज्ञापन : दुई रुपैयाँमा पत्रिकादेखि विज्ञापन गुडाउने गाडीसम्म", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०८ 
  8. "जनकपुर चुरोट कारखानाको भवन खाली गर्न निर्देशन", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०८