छिमेकी कथा नेपाली साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कथा हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो।

छिमेकी कथा सामाजिक समस्याहरु प्रस्तुत गरी आदर्श समाधान पहिल्याउने आदर्शोन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीको छोटो आकारको प्रभावशाली कथा हो । यसको क्षेत्र गाउँ रहेको छ । छिमेकीहरूको बीचमा स-साना कुरामा असमझदारी भई ठूला-ठूला समस्या उत्पन्न हुने यथार्थलाई यसमा देखाइएको छ ।

भाषा, शैली संवाद

सम्पादन गर्नुहोस्

यस छिमेकी कथाका प्रत्येक शब्दहरु सरलता र सहजताले भरिएका छन ।वाक्यहरु छोटा छोटा रहेका छन् । कथामा कतै वर्णन त कतै संवादद्वारा कथा रचिएको छ। वर्णनमा सरलता छ भने संवादमा स्वाभाविकता छ। गुमाने र धनजितेले गाउँले र अशिक्षितले बोल्ने भाषा बोल्दछन्। त्यस्तै आशामरु साहूको संवादमा नेवारी लवज छ। यस कथाको शैली पनि सरल र रैखिक ढाँचामा छ ।कथामा आदि मध्य र अन्त्यको रैखिक शैलीमा बढेको छ। अन्तत: भाषा, संवाद र शैलीका दृष्टिकोणबाट हेर्दा यो कथा सरल, सहज, स्वाभाविक र प्रभावकारी छ।

´छिमेकी` कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन्। असारको समय छ, खेत रोप्ने बेला छ। चौतारामा गाउँलेहरु जम्मा भएका छन्। गुमानेको गोरु धनजितेको खेतको बिउमा पस्छ र धनजितेले गोरुलाई बेस्सरी पिट्दै धपाउँछ । वर्षायामका आफ्ना गोरुलाई बेस्सरी पिटेको देखेपछि गुमाने रिसाउँछ र दुबैका बीचमा झगडा हुन्छ । गाउँको भँडुवा धर्मानन्द पाध्याले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्ममा पुग्छ । छिमेकीहरूले गुमाने र धनजितेलाई छुट्याउँछन् तर दुबैमा रिस बाँकी रहन्छ । दुबै छिमेकीहरूमा बोलचाल तथा अर्म-पर्म र असल व्यवहार बन्द हुन्छ । केही समय पछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ त्यसको चपेटामा धनजिते र उसको परिवार पर्छ । आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ । उसले मन लगाएर धनजितेको सेवा गर्छ । सेवा नगर्न र आफ्नो भारी बोक्न गए चलनचल्तीभन्दा धेरै ज्याला दिने लोभ आसामरु साहुले देखाउँछ । यो लोभमा नपरी गुमानेले उल्टै छिमेकीको महत्त्व बुझाउँछ । सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ ।उसलाई विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ । दुबैमा मेल हुन्छ र कथा समाप्त हुन्छ ।[]

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्