परिचय सम्पादन गर्नुहोस्

पहिलो पल्ट बालकको केश मुण्डन गर्ने कार्यलाई चूडाकर्म भनिन्छ । यसको अर्को नाम क्षौर पनि जो । क्षौर शब्द अपभ्रंश भएर छेवर भएको देखिन्छ । सर्व साधारणले यसलाई छेवर नै भनेको पाइन्छ ।

महत्त्व सम्पादन गर्नुहोस्

केशलाई पूर्ण रूपमा मुण्डन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । केश काटेपछि शिरमा रहेको मयललाई सजिलैसंग सफा गर्न सकिन्छ । यहाँ शिशुले गर्भैदेखि लिएर आएको दूषित केश फालेर उसलाई शुद्ध बनाउनुलाई यस संस्कारको महत्त्वपूर्ण पक्ष मानिन्छ । हाम्रो गाउँ समाजमा बालकको केश काटेपछि उसको रोग पनि काटिन्छ भन्ने परम्परागत मान्यता रहिआएको छ ।

संस्कार विधि सम्पादन गर्नुहोस्

१/३/५/७ वर्षाको उमेरमा उत्तरायण, सोम, बुध, गुरु, शुक्रबार तथा अश्विनी, मृगसिरा, पुनर्वसु, तिष्य, हस्ता, चित्रा, स्वाती आदि शुभ नक्षत्र र शुभ मुहूर्तमा यो संस्कार गरिन्छ । यस संस्कारमा पनि अन्य संस्कार जस्तै दियो, कलश, गणेश पूजनका साथै अग्निस्थापना पनि गरिन्छ । हाम्रो परम्परा अनुसार मामाले कपाल काट्ने र दिदि-बहिनीले काँसको थालमा थाप्ने र नदिमा सेलाउने चलन रहँदै आएको छ। अहिले चाहिँ हजामको सुविधा भएका ठाउँमा हजामलाई कटाउँछन् । अर्को कुरा यो संस्कार हिजो आज ब्रतबन्धका दिन पनि गर्ने गरेको पाइन्छ ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्