चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
परिचय
सम्पादन गर्नुहोस्चुरे भवर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाल को एक राजनीतिक दल हो । यो दल नेपालको निर्वाचन आयोग मा सन् २००८ को संविधान सभाको निर्वाचनको समयमा दर्ता भएको थियो । यो भन्दा पहिले उक्त दलको नाम चुरे भावर एकता समाज रहेको थियो ।
स्थापना र वर्तमान
सम्पादन गर्नुहोस्नेपालको तराईमा केही उदण्ड मानिसहरूले जातीयता र वर्गको भेदभाव गरी राजनितीक फाइदा लिने उदेश्यले संघर्ष गर्ने तथा पहाडी तथा भुमिपुत्र थारू लगायतका समुदायको मान मर्दन तथा लुटपाटमा संलग्न हुन थालेपछी थारू र पहाडी वर्गको सुरक्षा तथा प्रतिरोध गर्न चुरेभावर राष्ट्रिय एकता समाज स्थापना भएको थियो । यो पार्टी धर्म जाति निरिपेक्ष हो र मुख्यतया मध्य नेपालको बाहिरी तराईको पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा पर्ने भावर सहितकाे चुरे क्षेत्र अर्थात चुरेभावरमा सकृय पार्टी हाे । सन् २००८ को संविधान सभाको निर्वचनमा यस पार्टीले एक मात्र सीट जितको थियो । [१] उक्त सीटमा केशव प्रसाद मैनाली मनोनायित भएका थिए ।[२] । यो पार्टीको हाल सम्म एक मात्र भातृ सङ्गठन स्वयं सेवक सङ्गठन रहेको छ ।