चरक
चरक एक महर्षि एवं आयुर्वेद विशारदका रूपमा विख्यात छन्। उनी कुषाण राज्यका राजवैद्य थिए। यिनीद्वारा रचित चरक संहिता एउटा प्रसिद्ध आयुर्वेद ग्रन्थ हो। यसमा रोगनाशक एवं रोगनिरोधक दवाईहरूको उल्लेख छ तथा सुन, चाँदी, फलाम, पारा आदि धातुहरूको भस्म एवं तिनको उपयोगको वर्णन पाइन्छ।
विकिमिडिया कमन्समा चरक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।