चन्द्रगढी गाविसको वडा नं. २मा ६२ विगाहा जमीनमा चन्द्र शमशेर आई सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनारसमेत निर्माण गरिएकोमा हाल उक्त इनार भग्नावशेषको रूपमा पाइन्छ। हाल उक्त स्थानमा गौशाला र लक्ष्मी नारायण मन्दिरको निर्माण गर्ने र आवधिक योजना निर्माण गरी पर्यटकीय स्थल निर्माण गर्ने कार्यमा स्थानीय जनता, गाविस र धार्मिक तथा सामाजिक संघसंस्था लागिपरेको पाइन्छ। यही चन्द्रगढको नामबाट झापा जिल्लाको सदरमुकामको नाम चद्रगढी रहन गएको पाइन्छ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "चन्द्रगढ", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति