ग्लिसेरोल
ग्लिसेरोललाई ग्लिसिरिन पनि भनिन्छ । यो रङगहिन, गुलियो स्वाद भएको बाक्लो तरल पदार्थ हो । यो पानीमा घुल्दछ तर इथर (रसायन) मा घुल्दैन । ग्लिसेरोल एउटा ट्राइहाइड्रीक अल्कोहल हो । प्रोपेनलाई विभिन्न रासायनिक प्रतिक्रियाहरु गराई तिनओटा हाइड्रोजनलाई तिनओटा OH रेडिकलले विस्थापित गराई ग्लिसेरोल तयार गर्न सकिन्छ ।
ग्लिसेरोलको उपयोगिता
सम्पादन गर्नुहोस्- सुर्तीलाई रसिलो (नसुकाई) राख्न, फलफूल र खाद्य पदार्थहरूलाई नसुकाई, नकुहाई राख्न पनि यसको प्रयोग गरिन्छ ।
- औषधि बनाउन पृपिन्टिङ मसी र स्ट्याम्प प्याडको मसी बनाउने काममा ग्लिसेरोलको प्रयोग गरिन्छ ।
- छालालाई फुट्नबाट जोगाउन यसको प्रयोग गरिन्छ ।
- उच्चस्तरको टोइलेट साबुन तथा कस्मेटिकका समानहरु बनाउन प्रयोग गरिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ग्लिसेरोल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।