गोदागाडी उपजिल्ला
गोदागाडी (बङ्गाली: গোদাগাড়ী) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]
गोदागाडी
গোদাগাড়ী | |
---|---|
निर्देशाङ्क: २४°२८′उ॰ ८८°१९.८′पू॰ / २४.४६७°N ८८.३३००°Eनिर्देशाङ्कहरू: २४°२८′उ॰ ८८°१९.८′पू॰ / २४.४६७°N ८८.३३००°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | राजशाही जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ४७२.१३ किमी२ (१८२.२९ वर्ग माइल) |
जनसङ्ख्या (१९९१[१]) | |
• जम्मा | २१७,८११ |
• घनत्व | ४६०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | गोदागाडी उपजिल्लाको आधिकारिक नक्शा |
भूगोल
सम्पादन गर्नुहोस्गोदागाडी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२१' देखि २४°३६' उत्तर अक्षांश र ८८°१७' देखि ८८°३३' पूर्वी देशान्तरमा अवस्थित छ। गोदागाडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४७२.१३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नवावगञ्ज सदर र तानोर उपजिल्लाले उत्तर, भारतको पश्चिम बङ्गाल राज्य र गङ्गा नदिले दक्षिण, पबा र तानोर उपजिल्लाले पूर्व र नवावगञ्ज सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा र महानन्द आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[३][४]
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा सुरु भएको थियो भने ३० मार्च १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेनाको प्रत्यक्ष गोली हानाहान र युद्ध हुँदा पाकिस्तानी सेनाका प्रमुख सिपाही अब्दुल मलिकको मृत्यु भएको थियो। ३० मे १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाका २६ सर्वसाधारणहरूको वीभत्स सामूहिक हत्या गरेका थिए।[५]
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २७९५४५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४३२०२ छ भने महिलाको जनसङ्ख्या १३६३४३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २४२७३३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २०९४४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ९४७६, इसाई धर्मवलम्बीको जनसङ्ख्या १८६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६२०६ रहेको छ। यस उपजिल्लामा सन्थल र उराँव जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ५८० मस्जिद, २१ हिन्दु मन्दिर, ९ गिर्जाघर र २ चिहान रहेका छन्। खेतुरमा रहेको श्री श्री गौराङ्गोबाडीको मन्दिर (सन् १५८२), अहल हदित जामे मस्जिद (सन् १९४९), प्रेमताली जामे मस्जिद (सन् १९४०), फरिदपुर जामे मस्जिद (सन् १९५०), खन्तरबाडीया शेखरपाडा जामे मस्जिद (सन् १९६०), प्रेमताली शाह जाङ्गीरको मराज, जहानाबाद शहाको मजार, सुल्तानगञ्ज शाह नाराजको मजार, मिगाउलीमा रहेको जइना मन्दिर, श्री श्री खेतरधाम तृथ आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्।यस उपजिल्लाका ९३.५३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.७८% ले पोखरी, ०.७१% ले टुटी र ४.९७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।[६] यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ९ परिवार नियोजन केन्द्र र २ अस्पतालहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४७.४३% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।[७]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, हरियो खुर्सानी, मुसुरोको दाल तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया मुसुरोको दाल, धान, गहुँ, आँप, रुख कटहर, लसुन तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ९ माछापालन केन्द्र, ९ दुग्ध सङ्कलन केन्द्र तथा, ९ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६९.९८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.९५% मजदुरीमा, उद्योगमा ०.५७%, वाणिज्यमा ११%, सञ्चार र यातायातमा १.९९%, निर्माण क्षेत्रमा १.१५%, सुविधामा ४.६१%, धार्मिक सेवामा ०.१६%, वैदेशिक रोजगारी तथा भाडामा ०.२७% र अन्यमा ६.३२% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय गोदागाडी थानाको स्थापना सन् १८६५ मा भएको थियो भने सन् १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा २ नगरपालिका , ९ सङ्घ परिषद्/वडा, ३८९ मौजा/महल्ला र ३९८ गाउँहरू रहेका छन्।[८]
शिक्षा
सम्पादन गर्नुहोस्यस उपजिल्लाको कुल साक्षरता दर ४२.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४३.६% छ भने महिलाको साक्षरता दर ४०.५% रहेको छ। यस उपजिल्लामा १२ क्याम्पस, ६० माध्यमिक विद्यालय, १४० प्राथमिक विद्यालय र २० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मातिकाता आदर्श डिग्री क्याम्पस, गोदागाडी विद्यालय तथा क्याम्पस (सन् १९०५), गोदागाडी उच्च विद्यालउ (सन् १९४८), आदर्श प्राथमिक विद्यालय (सन् १९१३) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ ডিসেম্বর ২০১৪), "এক নজরে গোদাগাড়ী উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-२१ मिति
- ↑ Kaisaruzzaman (सन् २०१२), "গোদাগাড়ী", in Islam, Sirajul; Jamal, Ahmed A., বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "Godagari Upazila", Banglapedia, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ "Tehsil Map of Murshidabad", CD Block/ Tehsil, Maps of India, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (२०१२), "দেওপাড়া প্রশস্তি", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), সিরাজুল ইসলাম ও আহমেদ এ জামাল।
- ↑ "Bangladesh Population and Housing Census 2011: Zila Report – Rajshahi", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१८ मिति
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস।", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।