गारो पहाड भारतको मेघालयमा रहेको गारो-खासी पर्वत शृङ्खलाको एक भाग हो।[१] यहाँ मुख्यतया गारो जातिको बसोबास रहेको छ।[२] यो संसारको सबैभन्दा भिजेको ठाउँहरू मध्येको एक हो। यो पर्वत शृङ्खला मेघालय उपोष्णकटिबन्धीय वन पारिस्थितिक क्षेत्रको एक भाग समेत हो।[३][४]

दक्षिण गारो पहाडमा अवस्थित बाघमारा क्षेत्र

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

गारो पहाडमा पाँच जिल्ला पर्दछन्। सन् २०११ को भारतको जनगणना अनुसार यस क्षेत्रको कुल जनसङ्ख्या ११,०३,५४२ रहेको छ। प्रायः बादलले ढाकिएको, टुरा शिखरको फेदमा अवस्थित र लगभग ७४,८५८ जनसङ्ख्या भएको तुरा यस क्षेत्रको सबैभन्दा ठूलो सहर हो। यस क्षेत्रभित्र वन्यजन्तु आरक्षहरू जस्तै बलफकरम राष्ट्रिय निकुञ्जनोकरेक राष्ट्रिय निकुञ्ज हुनुका साथै यहाँ प्राकृतिक चुनढुङ्गाका गुफाहरू (सिजु गुफा– एसियाको सबैभन्दा लामो गुफा) रहेका छन्। यी स्थानहरू प्राकृतिक वनस्पति र जीवजन्तुहरूको समृद्ध भण्डार र लोपोन्मुख जनावरहरूको शरणस्थान हुन्।[५]

मुख्य स्थानहरू सम्पादन गर्नुहोस्

गारो पहाड र वरपरका स्थानहरूभित्र रहेका मुख्य पर्यटकीय स्थलहरू निम्नानुसार रहेका छन्:[६]

  • नोकरेक शिखर : गारो पहाड क्षेत्रको उच्चतम बिन्दुको रूपमा रहेको नोकरेक शिखर समुद्र सतहबाट १,४१२ मिटर उचाइमा रहेको छ।
  • तुरा चुचुरो : गारो पहाड क्षेत्रको सबैभन्दा ठूलो सहर तुराको पूर्वी भागमा रहेको यो चुचुरो समुन्द्री सतहबाट ८७२ मिटर उचाइमा रहेको छ।
  • इमिलचाङ झरना : यो झरना दक्षिण गारो पहाड जिल्लाको असकग्रे गाउँ नजिकै अवस्थित छ।
  • बालफकरम : दक्षिण गारो पहाड र तुरादेखि १६७ किलोमिटर टाढा रहेको यो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दुर्लभ लेसर पाण्डा, भारतीय बाइसन र सेरोको घर हो।
  • नापाक ताल : तुराबाट ११२ किलोमिटरको दूरीमा रहेको यो ताल नजिकै बग्ने सिमसाङ नदीमा माछा मार्न र चरा अवलोकनकर्ताहरूका लागि उपयुक्त छ।
  • सिजु गुफा : सिजुको प्रसिद्ध चुनढुङ्गाका गुफाहरू सिजु गाउँको सिमसाङ नदी नजिकै अवस्थित छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरु सम्पादन गर्नुहोस्

  1. "Garo Hills-The Ecological Canvas of Meghalaya"  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२९ मिति
  2. The anthropology of North-East India, Hyderabad। 
  3. Meghalaya: past and present, New Delhi। 
  4. Horticulture for sustainable income and environmental protection, New Delhi। 
  5. Unruly hills: a political ecology of India's northeast, New York। 
  6. "Places of Interest for Tourists | Shillong.com"  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्