गाजीपुर (बङ्गाली: গাজীপুর) बङ्गलादेशको मध्यम भागमा पर्ने एक प्रमुख शहर हो । यो शहर गाजीपुर जिल्लामा पर्छ जुन राजधानी ढाका नजिक रहेको छ र यसको शहरको जनसङ्ख्या ३२,०९२,१५ रहेको छ । यो शहरमा ढाका इन्जिनियरिङ विश्वविद्यालय र इस्लामी इन्जिनियरिङ विश्वविद्यालय रहेका छन् जुन बङ्थलादेशका दुई मात्र अन्तर्राष्ट्रिय इन्जिनियरिङ विश्वविद्यालय हुन् ।

गाजीपुर
গাজীপুর
शहर
देश बङ्गलादेश
विभागढाका विभाग
जिल्लागाजीपुर
ननगरपालिका१९८४
शहर निगम१३ जनवरी २०१३
सरकार
 • प्रकारमेयर परिसद
 • अङ्गगाजीपुर शहर निगम
 • मेयरजगन्जिर अलाम
क्षेत्रफल
 • जम्मा४९.३२ किमी (१९.०४ वर्ग माइल)
उन्नतांश
३४ मिटर (११२ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,१९९,२१५
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
राष्ट्रिय सम्पर्क कोड+८८०
टोलिफोन कोड०६८१

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् १९९१ को राष्ट्रिय जनगणना अनुसार एस शहरको ५८८,५४० रहेको थियो भने सन् २००१ को राष्ट्रिय जनगणना अनुसार एस शहरको जनसङ्ख्या वृद्धि भएर ८६,६५,०० पुगेको थियो । एस भन्दा अधिको राष्ट्रिय जनगणना १०१० का अनुसार एस शहरको जनसङ्ख्या ११,९९२,१५ रहेको छ जुन अहिले सम्मको धेरै जनसङ्ख्या हो । हाल यस शहरको साक्षरता दर ६६.५२ % रहेको छ । [१]

भुग‍ोल सम्पादन गर्नुहोस्

गाजीपुरको कुल क्षेत्रफल १७४१.५३ रहेको छ र यसलाई उत्तर तिर किशोरगंज जिल्ला र ममैनसिंह जिल्ला ले घेरेको छ भने ढाका ,नारायणगंज र नर्सिन्दी जिल्लाले दक्षिण तर्फ र ढाका तङ्गाली जिल्लाले पश्चिम र नरसिन्दी ले पुर्व तर्फ घेरोको छ । एस शहरको वार्षिक औसत तापमान अधिकतम ३६ डिग्री पुग्छ भने न्यूनतम १२.७ डिग्री हुन्छ । शहरमा वार्षिक वर्षा २,३७६ मिमी पर्ने गर्छ ।

यस शहरको मुख्य नदिहरू सितलाकास्य , पुरानो ब्राह्मपुत्र , बाङ्सी , बालु , बिनार आदी हुन् भने तुरग नदी चाहिँ विभिन्न किसिमका रसायनीक पदार्थले गर्दा अत्याधिक प्रदुसित बनेको छ ।

प्रशासन सम्पादन गर्नुहोस्

गाजीपुरमा ४९ वार्ड सहित उत्तर चयाती र ३१ महल समावेश भएका छन् जसको कुल क्षेत्रफल ४९.३२ बर्ग किलोमिटर रहेको छ । छिटो वृद्धिहुने शहरमा जस्तो गाजीपुरको जनसङ्ख्या १ मिलियन भन्दा बढी छ र घनत्व २४,००० प्रति किलोमिटर भन्दा बढी छ । यहाँ पुरुष ५२.५२% पुरुषहरू छन् भने ४७.४८ % महिलाहरू रहेका छन् । [२]

बैङ्क सम्पादन गर्नुहोस्

यहाँ गाजीपुर शहरको उत्तरतिर करिब ३० किलोमिटरको सानो शहरमा एक राष्ट्रिय बैङ्क प्रोगोथो सहकारी विकास बैङ्क लिमिटेडको मुख्य कार्यालय रहेको छ यो गाजीपुर शहरको बैङ्क देशकै सबैभन्दा दोश्रो आर्थिक कारोवार गर्ने बैङ्क हो । यस क्षेत्रमा अन्य सरकारी तथा निजी बैङ्कहरू पनि छन् जसले बैङ्कीङ कारोबर गर्छ तिनीहरूको नाम जस्तै - १-सोनाली बैङ्क २-रुपाली बैङ्क ३-बेसिक बैङ्क लिमिटेड ४-बैङ्क एसिया लिमिटेड ५-डच बङ्गाल बैङ्क ६-राष्ट्रिय बैङ्क (बङ्गलादेश) ७-स्लामी बैङ्क बङ्गलादेश लिमिटेड

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गाजीपुर", विश्व जेट्लर, मूलबाट ११ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)[dead link]
  2. "गाजीपुरको तथ्याङ्क बङ्गलापिडियामा", बङ्गलापिडिया। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्