गरीब एकता समाज पार्टी नेपाल

गरीब एकता समाज पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रमेश राउत हुन्। गरीब एकता समाज पार्टी नेपालको केन्द्रीय कार्यालय ललितपुरको इमाडोलमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह नाङ्लो थियो।[१] गरीब एकता समाज पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४२१ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ५,८५९ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०