गडट्युब एक अनलाइन श्रव्य दृश्य साझेदारी मञ्च हो जसले प्रयोगकर्ताहरू मार्फत इसाई सम्बन्धित सामग्रीहरूको प्राप्त गर्ने प्रयास गर्दछ। यो सलिम वेब सञ्जालको स्वामित्वमा रहेको छ जून सलिम सञ्चार इण्टरनेटको एक भाग हो। गडट्युबमा सङ्गीत, श्रव्य दृश्य, हास्य, बालबालिकाहरूका लागि सामग्री, जनावर, खेलकुद, समाचार र प्रेरणादायक लगायतका विभिन्न श्रेणीहरूमा श्रव्य दृश्यमा रहेका छन्।  यस वेबसाइटले प्रयोगकर्ताहरूलाई "येशू ख्रीष्टसँग प्रेरणा पाउन र प्रेरणादायक सन्देशहरू र पदहरू व्यक्त गर्ने श्रव्य दृश्यहरूको साथ बाइबलको ज्ञान बाँढ्नका लागि प्रोत्साहित गर्दछ।[२]

गडट्यब
व्यवसायको प्रकारश्रव्य दृश्य साझेदारी सेवा
मालिकसलिम वेब नेटवर्क
युआरएलwww.godtube.com
अलेक्सा क्रमह्रास ३२,६७२ अक्टोबर २०१९[१]
वर्तमान स्थितिचालू

इतिहास सम्पादन गर्नुहोस्

गडट्युबलाई, लस एञ्जलस, क्यालिफोर्नियाका क्रिस्टोफर वायट, स्यान डिएगो, क्यालिफोर्नियाका जेसन मार्टेल (बोयामिडिया डटकम), लोइड चार्ट्राण्ड,र माइक मिलर (प्रथम बप्टिष्ट डालसका पूर्व कार्यकारी) द्वारा संयुक्त रूपमा सन् २००७ को वसन्तमा सुरू गरिएको थियो।[३] वायट कुनै समयमा डलास थियोलोजिकल सेमिनरीमा अनलाइन विद्यार्थी थिए।[४] वायट सन् १९९५ को दिन र मिति कार्यक्रमको लागि सिबीएसका निर्माताहरू मध्ये एक थिए।[५]

डलासका प्रथम बप्टिष्ठ चर्चका सदस्य वायटले उक्त साइटलाई तटस्थ " स्विट्जरल्याण्ड " सँग तुलना गरेका थिए[६] र उनले यो सबै ईश्वरशास्त्रीय दृष्टिकोणको लागि खुला रहेको पनि दावी गरेका थिए। प्रयोगका सर्तहरूले "येशू ख्रीष्ट र उसको शिक्षाको प्रचारको विपरीत, वा ईश्वरनिन्दाको गठन गर्ने, वा अनलाइन ईसाई समुदायलाई अपमान गर्ने लगायतका कुनै पनि सामग्रीहरूलाई यसले निषेध गर्दछ।[७] कमस्कोरका अनुसार, गडट्यूब कुनै पनि प्रकारका वेबसाइटहरू मध्ये अगष्ट २००७ मा सबैभन्दा द्रुत रूपमा बृद्धि भइरहेको अमेरिकी वेबसाइट थियो।[८] क्वाण्टकास्टका अनुसार कुल मासिक साइट ट्राफिकमा २० लाख ७० हजार प्रयोगकर्ताहरूबाट फेब्रुअरी २००९ सम्ममा ७५%ले वृद्धि भएको थियो।[९][१०] सन् २००९ मा कम्पनीले ५ महिनाको परिचालन पछि $३,००,००,००० को मूल्याङ्कनमा जिएलजी पार्टनर्सबाट $१,५०,०००,००० सङ्कलन गरेको थियो। यसले साइटमा रहेका सम्पूर्ण आपत्तिजनक सामग्रीहरूलाई हटाउने गर्दछ। तथापि, सन् २०१० अप्रिलमा गडट्युब टेङ्गलको साथ छुट्टिएर स्वतन्त्र रूपमा सञ्चालित भएको थियो

फेब्रुअरी २००९ मा, गडट्युब सामाजिक सञ्जाल टेङ्गल डटकमको रूपमा पुन: सुरु भएको थियो।[६] टेङ्गलले एक अनलाइन बाइबल, अन्तरक्रियात्मक प्रार्थना, र गैर-इसाई र नास्तिकहरूलाई पनि भाग लिन र आफ्नो दृष्टिकोण साझा गर्न प्रोत्साहित गर्ने खालका अन्य नयाँ सुविधाहरू पनि समावेश गरेको छ।

मे २०१० मा, सलिम सञ्चारको सलिम वेब सञ्जाल विभागले गडट्यूब र टेङ्गल डट कमको अभिभावक कम्पनी बिग जम्प मिडियाको अधिग्रहण गरेको थियो।[११][१२]

जुन २०१० मा, गडट्युबले, लिड ४११ द्वारा एक उत्कृष्ट टेक्सस कम्पनीहरूको रूपमा मान्यता प्राप्त गरेको थियो।[१३]

१ डिसेम्बर, २०१० मा, टेङ्गल डटकमलाई बन्द गरिएको थियो।  संक्रमणको अंशको रूपमा, केहि कार्यक्षमता सलिम सञ्जालमा अन्य साइटहरूतर्फ औंल्याइएको थियो, र श्रव्य दृश्यहरू गडट्युब खातामा फिर्ता गरिएको थियो।

मे २०१९ मा, गडट्युबले नयाँ लोगोको अनावरण गरेको थियो।

विशेषता सम्पादन गर्नुहोस्

श्रव्य दृश्य प्रविधि सम्पादन गर्नुहोस्

गडट्यूबमा उर्ध्वभरण गरिएका श्रव्य दृश्यहरू ४:३ वा १६:९ को अनुपातमा हुन्छन्। जेडब्यल्यू प्लेयरले श्रव्य दृश्य चलाउनका लागि प्रविधिको प्रदान गर्दछ। यसलाई एडोब फ्ल्यास प्लेयरको आवश्यकता पर्दछ तर यदि यो अनुपलब्ध छ भने यसको सट्टा एचटिएमएल५ श्रव्य दृश्यको प्रयोग गरिन्छ।  उर्ध्वभरण गरिएका श्रव्य दृश्यहरू एन्ड्रोइड[१४]आइओएस अनुप्रयोग मार्फत हेर्न सकिन्छ।[१५] अनुप्रयोगलाई अन्तिम पटक सेप्टेम्बर २०१६ मा दुबै मञ्चको लागि अद्यावधिक गरिएको थियो, र एन्ड्रोइडमा यसले ५०,००० भन्दा बढी डाउनलोडहरू प्राप्त गरिसकेको छ।[१४]

यस वेबसाइटमा एक फाइलको आकार सीमा ५०० मेगाबाइट प्रति श्रव्य दृश्य हो।[१६] मूल रूपमा, फाइल आकार सीमा १०० मेगाबाइट थियो र समय सीमा ३० मिनेट मात्र थियो जुन पछि २०० मेगाबाइटमा बढाइएको थियो जसमा समय सीमा हटाइएको थियो।[१७] प्रमुख श्रव्य दृश्य साझा गर्ने साइटहरूको विपरित यसमा उर्ध्वभरण गरिएको प्रत्येक श्रव्य दृश्यहरूको यसले समीक्षा गर्दछ।[१८] परिणामस्वरूप यसको प्रक्रिया लामो हुन्छ तर सामग्रीहरू परिवार-मैत्री हुन सक्दछन्। केहि खण्डहरूमा, गडट्युबले त्रि पक्षीय श्रव्य दृश्यको समाहित गर्दछ जसमा युट्युब, फेसबुक, रम्बल लगायतका वेबसाइटहरू समावेश छन्। दृश्य गणना र मनपर्नेहरू, यी समाहित श्रव्य दृश्यको साथ अझै पनि उपलब्ध छ।[१९]

सङ्गीत सम्पादन गर्नुहोस्

गडट्युबसँग पारम्परिक र समकालीन इसाई सङ्गीतहरूको साथ एक समर्पित सङ्गीत खण्डहरू उपलब्ध छ। यसले युट्युब सङ्गीत र यसको पूर्ववर्ती भिभोसँग समानता साझा गर्दछ। मे २०१९ सम्ममा ३८७ प्रविष्टिहरूका साथ, गडट्युबको कलाकार निर्देशिका अनुमति पत्र प्राप्त आधिकारिक सङ्गीत च्यानलहरू छन्। प्रविष्टिहरूमा प्रायः कलाकारहरू समावेश हुन्छन्, तर केही च्यानलहरूले रेकर्ड लेबलहरूको प्रतिनिधित्व गर्दछन्। [२०]

गडट्यूबले मूल सङ्गीत सामग्री प्रसारण गरेको छ।  जसका केही उदाहरणहरूमा यस प्रकारका छन्:

१) बार्लो गर्लको सिङ मि अ लभ सङ (अनुवादित - मलाई एक प्रेम गीत गाइदेउ) साङ्गीतिक श्रव्य दृश्य [२१]

१) कोलम्यान ब्लूको "हे नट वर्थ द वोरी (अनुवादित - चिन्ता योग्य छैन) नामक एकल। [२२]

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

क्वाण्टकाष्ट सम्पादन गर्नुहोस्

नोभेम्बर २०१० मा क्वाण्टकाष्ट मूल्यङ्कनका अनुसार, किशोर र बालबालिकाहरूको उच्च प्रतिशतको साथ, गडट्युब दर्शकहरू ६०% महिला र ४०% पुरुष हुन्। प्रयोगकर्ताहरू व्यापक रूपमा मध्यम वर्गीय छन्।[२३]

क्वाण्टकास्टका अनुसार गोडट्युबका प्रयोगकर्ताहरूमा किशोर किशोरी, अफ्रिकी अमेरिकी, कलेज स्नातकहरू र मध्यम वर्गीय व्यक्तिहरूको प्रतिशत उच्च छ।[२४]

सिमिलर वेब सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ४०,३९१ स्थानमा रहेको छ भने संयुक्त राज्य अमेरिकामा यसको क्रम १०,०५७ र जसमा यसको उछाल दर ७६.७७% रहेको छ।[२५]

अलेक्सा इन्टरनेट सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ३२,६७२अौँ स्थानमा रहेको छ भने संयुक्त राज्य अमेरिकामा यसको क्रम १०,७८७अौँ रहेको छ।[२६]

लगानीकर्ताहरू सम्पादन गर्नुहोस्

मे २००८ मा, उनीहरूले $३०,०००,००० अमेरिकी डलर जीएलजी पार्टनरबाट प्राप्त गरेको बताएको थियो। बिग जम्प मिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत जेसन इलियनले, डलास मर्निङ न्यूजलाई उक्त लगानी "वास्तवमा $१७,०००,००० भएको बताएका थिए।[२७]

फोर्ब्सका अनुसार गडट्युबको व्यवस्थापन अन्तर्गत जिएलजिको रकमको ४०% यस क्षेत्रमा उपयोग गरिएको थियो।[२८]

केएमए प्रत्यक्ष सञ्चार यस निजी आयोजित वेबसाइटमा एक प्राथमिक लगानीकर्ताको रूपमा रहेको थियो।[२९]

तुलना सम्पादन गर्नुहोस्

गडट्युबलाई कञ्जरभापिडियासँग तुलना गरिएको छ जून विकिपिडियाको विपरित परम्परावादी इशाई विश्वकोश हो। यसले माइचर्चको पनि सञ्चालन गरेको छ जून माइस्पेसको इशाई संस्करण मानिन्छ। [३०].

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गडट्युब डटकम, जालस्थलको जानकारी", अलेक्सा इन्टरनेट, मूलबाट २०१६-०३-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१०-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१६ मिति
  2. "हाम्रो बारेमा", गडट्युब डटकम, मूलबाट २०१६-०५-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  3. [१][dead link]
  4. "Dallas Theological Seminary (DTS) - Teach Truth. Love Well.", Dts.edu, मूलबाट २२ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण २२ जुलाई २०११ मिति
  5. "क्रिष वायट", आइएमडिबि, मूलबाट २०१६-०३-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  6. ६.० ६.१ Christians tuning into thriving GodTube.com वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-३० मिति म्याट करि अन्तिम पहुँच मिति नोभेम्बर २००७
  7. "प्रयोगको सर्त", टेङ्गल डटकम, मूलबाट २०१०-०८-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  8. क्रिष्टेन निकोल (सेप्टेम्बर २१, २००७), "GodTube Named August's Fastest Growing Site", Mashable, अन्तिम पहुँच मार्च २२, २०१६ 
  9. "Measure & Advertise - Quantcast", क्वाण्टकाष्ट, मूलबाट २०१६-०५-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  10. "The latest word: Controversial ‘Bible Illuminated’ utilizes pop culture images to spread the gospel", एलजे वर्ल्ड डटकम, मूलबाट २०१६-०८-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  11. "सलिम वेब सञ्जालले गडट्युब र टेङ्गल डटकमको अधिग्रहण गरेको छ,", क्रिष्चिएन पोष्ट, मूलबाट २०१६-०६-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  12. [२][dead link]
  13. "Lead411 launches "Hottest Companies in texas-companies" awards", लिड ४११ डटकम., मूलबाट २९ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण २९ मार्च २०१६ मिति
  14. १४.० १४.१ "GodTube", गुगल प्ले, Salem New Media, सेप्टेम्बर ६, २०१६, मूलबाट २०१८-०५-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१८ 
  15. "GodTube on the App Store", App Store, मूलबाट २०१८-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१८ 
  16. "What is the maximum size/length that a video can be? : Salem Web Network Help & Support", सलिम वेब नेटवर्क (अङ्ग्रेजीमा), अप्रिल २४, २०१७, मूलबाट २०१८-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१८ 
  17. "कसरी मैले टेङ्गलमा श्रव्य दृश्यहरू उर्ध्वभरण गर्न सक्छु?", टेङ्गल सहयोग केन्द्र, फेब्रुअरी २५, २०१०, अन्तिम पहुँच मार्च १७, २०१८ 
  18. "What is the maximum size/length that a video can be? : Salem Web Network Help & Support", सलिम वेब नेटवर्क, डिसेम्बर २२, २०१४, मूलबाट २०१६-०८-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१८ 
  19. "Our commitment to you! : Salem Web Network Help & Support", सलिम वेब नेटवर्क (अङ्ग्रेजीमा), अक्टोबर २७, २०१४, मूलबाट २०१८-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१८ 
  20. "Christian Music Artists, Bands Directory - Videos", गडट्युब (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच मे २६, २०१९ 
  21. बार्लो गर्ल (अक्टोबर २, २०१०), "World Premiere on Tangle", Tangle.com, मूलबाट २०११-०२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, १०१८  वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-२८ मिति
  22. कोलम्यान व्लु (अक्टोबर २, २०१०), "COLMANblue...the release of our very first single.", गडट्युब, मूलबाट २०१८-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१८ 
  23. "टेङ्गल डटकमको ट्राफिक, जनशाङ्खिकि तथ्याङ्क", क्वाण्ट काष्ट, मूलबाट २०१६-१०-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  24. "टेङ्गल डटकमको ट्राफिक, जनशाङ्खिकि तथ्याङ्क", क्वाण्टकाष्ट, मूलबाट २०१६-०३-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  25. सिमिलर वेब, "गडट्युब डटकमको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच २९ असोज २०७६ 
  26. अलेक्सा इण्टरनेट, "गडट्युब डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच २९ असोज २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१६ मिति
  27. "The Dallas Morning News - Dallas-Fort Worth News, Sports, Entertainment, Weather, Traffic", डालस न्यूज, मूलबाट २०१५-०८-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१६ 
  28. इष्पिनोजा, जेभिएर (मार्च २७, २००९), "GLG Heads Agree To Salaries", फोर्ब्स, मूलबाट २०१६-०३-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१८ 
  29. "KMA Direct Communications Partners with GodTube.com", मूलबाट २०००-०६-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०२-०६ 
  30. Christians take on YouTube with GodTube sur IT Week, ३० अप्रिल २००७, अन्तिम पहुँच मिति २० नोभेम्बर २००७

बाह्य कडीहरू सम्पादन गर्नुहोस्