खुल्ला श्रोत के हो ? सम्पादन गर्नुहोस्

नामले नै यसको बारेमा धेरै कुरा भन्छ । सफ्टवेयरसंग जोडेर हेर्दा, खुला श्रोत सफ्टवेयर भनेको त्यस्तो सफ्टवेर जसको श्रोत कोड पनि प्रयोगकर्तासंग हुन्छ, जसलाई उसले सजिलोसंग उपयोग गर्न संक्छ भन्ने हुन्छ, तर यतिले मात्र यो पूर्ण हुदैन । कुनै पनि सफ्टवेयर पूर्ण रूपमा खुल्ला श्रोत अवलम्बन गर्नका निम्ति :

  • त्यो सफ्टवेरको श्रोत कोड खुल्ला हुनुपर्छ
  • सबै उध्यश्यको निम्ति प्रयोग गर्न पाउनुपर्छ
  • त्यसलाई परिमार्जन तथा परिवर्तन गर्न पाउनुपर्छ
  • त्यसलाई जोसुकैले वितरण तथा बेच्न पाउनुपर्छ,

स्वामित्व सफ्टवेयरको विपरित खुल्ला सफ्टयवेर कुनै एउटा व्यक्ति वा कम्पनीको मातहतमा नभई विश्व समुदायका स्वयंसेवकडेवलोपरको सहयोगमा विकास हुन्छ । केही विश्व प्रसिद्ध कुल श्रोत सफ्टवेयरहरू मोजिल्ला फायरफक्स ब्राउजर, फेडोरा, उबुन्टुहरू हुन ।

इतिहास सम्पादन गर्नुहोस्

IBMले पहिलो पुस्ताको कम्प्युटर बनाउदा, त्यसको लागि चाहिने केहि सफ्टवेर पनि बनाएको थियो, र ती सबै सफ्टवेर उपयोग गर्न फ्री(सित्तैमा) थियो र सबैलाई वितरण गरिएको थियो । जसलाई आफ्नो आवश्यकता अनुरूप परिमार्जन गर्न सकिन्थ्यो।तर पछिको विकास विपरित हुनगयो र १९७० पछि IBMले कोड स्वामित्वसहित सफ्टवेर उत्पादन गर्नथाल्यो जसको अनुभव कम्प्युपरमा पहिलेनै राखिएको सफ्टवेरलाई परिमार्जन असम्भव नै भयो।

त्यसपछि खास सफ्टवेर स्वतन्त्रता अभियान सुरवात भयो । रिचार्ड स्टलमेन, MIT का प्रोग्रामर GNU परियोजनाको सुरुवात गरे, जसको उध्यश्य अपरेटिंग सिस्टम र अन्य स्वन्तन्त्र सफ्टवेर बनाउनु हो र जसलाई सबैले परिमार्जन र वितरण गर्न सक्छन ।दर्शनशास्त्र

मा, रिचार्डले श्रोत कोडको उपलब्धता र सफ्टवेर पुनवितरण र परिमार्जनको स्वतन्त्रताहरू आधारभूत अधिकार हुन भन्नेकुरा लेखेका थिए।

लोकप्रिय खुला श्रोत सफ्टवेर: सम्पादन गर्नुहोस्

मोजिल्ला फायरफक्स

फायरफक्स मोजिल्ला फाउन्डेशनको वेब ब्राउजर हो । यो मौजिला प्बलिक लाईसेंस अंतर्गत प्रकाशन भएको छ। यो लिनक्स तथा विन्डोज सबैमा काम गर्छ ।

लिनक्स

लिनक्स खुला श्रोत अन्तर्गतको युनिक्स अपरेटिंग सिस्टम हो ।लिनक्सको मुख्य भाग लिनक्स कर्नेल र अपरेटिंग सिस्टम कर्नेलको पहिलो प्रकाशन ५ अक्टोबर १९९१मा लिनक्स टोर्वल्डले गरेका थिए।आज त्यहि लिनक्सवाट डेवियन (युबन्तु, मिंट ) रेडहेट, मनड्रिभा जस्ता प्रख्यात छन।

जिम्प(GIMP)

यो फोटो सम्बन्धि काम गर्ने फोटोसप जस्तो सफ्टवेर हो। यो जी.पी.एल. अन्तर्गत प्रकाशित गरिएको हो । यो लिनक्स एवं विन्डोज दुवैमा चल्छ ।

अपाचे (Apache)

यो वेब होस्टको लागि प्रयोग हुने सबैभन्दा लोकप्रिय सर्भर हो ।

लिबरे अफिस

यो माइक्रोसफ्ट अफिस जस्तो सफ्टवेर हो जुन अफिसले गर्ने सम्पूर्ण कार्य गर्छ । यो एल.जी.पी.एल अन्तर्गत प्रकाशित गरिएको छ । यो पनि लिनक्स र विन्डोज दुवै अपरेटिङ सिस्टममा चल्छ । यसमा माइक्रोसफ्ट अफिसमा जस्तै वर्डको लागि राईटर, एक्सेलको लागि कल्क, पावरपोइन्टको लागि इम्प्रेस हुन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्