क्वार्क
क्वार्क {quark} मूलभूत कण मध्येको एउटा हो, जसमा पदार्थ बन्दछ। प्रोटोन अनि न्यूट्रोन यिनै मूलभूत कणहरूबाट बनेका हुन्छन्। क्वार्कलाई तिनको फ्लेवरले जानिन्छ र यी छ प्रकारका हुन्छन्:-अप क्वार्क, चार्म क्वार्क, टप क्वार्क, डाउन क्वार्क, स्ट्रेन्ज क्वार्क र बटम क्वार्क। यिनको प्रतिक चिन्ह क्रमश: u, c, t, d, s र b हो। पहिला तीन प्रकारका क्वार्क अप-टाइप क्वार्क तथा शेष डाउन-टाइप क्वार्क भनिन्छन्। अप र डाउन क्वार्कको द्रव्यमान सबै क्वार्कहरूमा सबैभन्दा कम हुन्छ। भारी द्रव्यमान भएका क्वार्क, द्रव्यमानका क्षयका कारण तेजीसित अप अनि डाउन क्वार्कमा परिवर्तित हुन्छन्, किनभनें अप अनि डाउन क्वार्क साधारणतया स्थायी हुन्छन् र ब्रह्माण्डमा सबैभन्दा अधिक पाइन्छन्। क्वार्कको प्रतिकणलाई {anti partical} एन्टी-क्वार्क भनिन्छ,प्रत्येक प्रकारका क्वार्कका प्रतिकण हुन्छन्,जो क्रमश: एन्टी-अप क्वार्क---- एन्टी-बाटम क्वार्क कहलाउँछन्।
विद्युत आवेश
सम्पादन गर्नुहोस्अप-टाइप क्वार्कको विद्युत आवेश +२/३ र डाउन-टाइप क्वार्कको -१/३ हुन्छ। यिनको प्रतिकण {anti partical} को आवेश विपरीत क्रमश: -२/३ र +१/३ हुन्छ। क्वार्कका संयोजनले बन्ने कणहरूलाई विद्युत आवेश,त्यसमा पाइने क्वार्कोका कुल विद्युत आवेशहरुका योगका बराबर हुन्छ। जस्तै:- प्रोटोनको विद्युत आवेश, दुइ अप-क्वार्क र एक डाउन-क्वार्कका विद्युत आवेशोका कुल योगका बराबर अर्थात १ हुन्छ। यसै प्रकार न्युट्रोनको विद्युत आवेश शून्य हुन्छ।
कण | संयोजन | विद्युत आवेश |
---|---|---|
प्रोटोन | 2u+d | {+२/३}+{+२/३}+{-१/३}=१ |
न्यूट्रोन | u+2d | {+२/३}+{-१/३}+{-१/३}=० |
भ्रमि
सम्पादन गर्नुहोस्क्वार्कको भ्रमि या स्पिन १/२ हुन्छ।