क्रिप्टो मुद्रा

लेनदेन सुरक्षित गर्न र स्वामित्व हस्तान्तरण प्रमाणित गर्न खातामा क्रिप्टोग्राफी प्रयोग गरेर व

क्रिप्टोकरेन्सी (अङ्ग्रेजी: Cryptocurrency), क्रिप्टो-मुद्रा वा क्रिप्टो एक डिजिटल सम्पत्ती हो जुन विनिमयको माध्यमको रूपमा सेवाको लागि डिजाइन गरिएको छ। यसमा हरेक मुद्राको व्यक्तिगत स्वामित्वको अभिलेखलाई विद्युतीय बहिखातामा सुरक्षित गरिएको, जसले बलियो क्रिप्टोग्राफी प्रयोग गरेर लेनदेन अभिलेख सुरक्षित गर्ने, थप सिक्का सिर्जना नियन्त्रण गर्ने, र सिक्का स्वामित्वको स्थानान्तरण प्रमाणित गर्ने काम गर्छ।[][] यो सामान्यतया भौतिक रूपमा अवस्थित हुँदैन (जस्तै कागजको पैसा) र केन्द्रीय बैंकहरूद्वारा जारी गरिएको हुँदैन। क्रिप्टोकरेन्सीले सामान्यतया केन्द्रीकृत डिजिटल मुद्रा र केन्द्रीय बैङ्किङ प्रणालीको विपरित विकेन्द्रीकृत नियन्त्रणहरू प्रयोग गर्दछ।[] जब एक क्रिप्टोकरेन्सी उत्खन्नको कार्य हुन्छ वा प्रयोगकर्ताले सिर्जना गरेको हुन्छ, यो मुद्रा जारी हुन वा जारी गर्नु अघि यो सामान्यतया केन्द्रीकृत मानिन्छ। विकेन्द्रीकृत नियन्त्रणको साथ कार्यान्वयन हुँदा, प्रत्येक क्राइप्टोकरन्सी वितरित वहिखाता प्रविधी मार्फत काम गर्दछ, सामान्यतया एक ब्लकचेन, जसले सार्वजनिक वित्तीय लेनदेन डाटाबेसको रूपमा कार्य गर्दछ।

क्रिप्टो मुद्रा
क्रिप्टो मुद्रा

सन् २००९ मा ओपन-सोर्स सफ्टवेयरको रूपमा पहिलो पटक सार्वजनिक गरिएको बिटकोइन पहिलो विकेन्द्रीकृत क्रिप्टोकरेन्सी हो।[] बिटकोइनको सार्वजनिक भएदेखि अन्य क्रिप्टोकरेन्सीहरू सिर्जना गरिएको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालमा क्रिप्टो मुद्रालाई विनिमय ‌मुद्राको रूपमा प्रयोगको लागि प्रतिवन्ध गरेको छ।[]

क्रिप्टोकरेन्सीहरू अधिकांश देशहरूमा कानुनी छन्, तथापि, मोनेरो जस्ता केही थप बेनामी क्रिप्टोकरन्सीहरू, आपराधिक व्यक्तिहरू र इस्लामिक राज्य जस्ता आतंकवादी संगठनहरूले भुक्तानी र आर्थिक चन्दाहरू प्राप्त गर्न प्रयोग गरेका छन्।[] यसले क्रिप्टोकरेन्सी एक्सचेन्जहरू विनान्स र क्राकेनले मोनेरोलाई किन्न र व्यापार गर्न बन्देज गरेकोछ।[][]

Bitcoin Online Casinos

  1. Greenberg, Andy, "Crypto Currency", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०४-१७ 
  2. Polansek, Tom (२०१६-०५-०२), "CME, ICE prepare pricing data that could boost bitcoin", Reuters (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०४-१७ 
  3. "Nick Szabo: If banks want benefits of blockchains they must go permissionless", International Business Times UK (अङ्ग्रेजीमा), २०१५-०९-०८, अन्तिम पहुँच २०२१-०४-१७ 
  4. "Wayback Machine", web.archive.org, २०१६-०८-१३, अन्तिम पहुँच २०२१-०४-१७ 
  5. nrb.org.np, २०२४-१२-१५ https://www.nrb.org.np/contents/uploads/2022/02/Crypto_for_Financial_Literacy_Final.pdf |url= शीर्षक नै (सहायता) 
  6. "The Rise of Monero: ISKP’s Preferred Cryptocurrency for Terror Financing", gnet-research.org, २०२४-१०-०४। 
  7. "Binance to Delist Monero Privacy Token; XMR Slides", coindesk.com, २०२४-०२-०६। 
  8. "Kraken will end support for the crypto Monero (XMR) in the European Economic Area (SEE)", en.cryptonomist.ch, २०२४-१०-०३।