क्राइस्ट द रिडिमर
क्राइस्ट द रिडीमर ब्राजिलको राजधानी शहर रियो दी जेनेरियोमा अवस्थित क्राइष्टको मुर्ति हो जसलाई संसारको दोश्रो सबैभन्दा ठुलो आर्ट डेको स्ट्याच्यु मानिन्छ । [१][२] यो प्रतिमा ३० मिटर (९८ फिट) अग्लो तथा यस प्रतिमाको हातको लम्बाई २८ मिटर (९२ फिट) रहेको छ । यसको तौल ६३५ टन रहेको छ र यो प्रतिमा ७०० मिटर (२३०० फिट) को उचाईंमा तिजुका फोरेस्ट नेशनल पार्कमा में कोर्कोवाडो सिखरको चुचुरोमा अवस्थित छ जहाँ देखि शहर पुरै देखिन्छ । यो विश्वमा आफ्नो किसिमको सबैभन्दा अग्लो मूर्तिहरु मध्ये एक हो (बोलिभियाको कोचाबम्बामा स्थित क्राइस्टो डी ला कोनकोर्डियाको प्रतिमा यो भन्दा अग्लो छ ) । ईसाई धर्मको एउटा प्रतीकको रूपमा यो प्रतिमा रियो र ब्राजिलको एउटा नमुना बनेको छ । [३] यो प्रतिमा मजबुत कंक्रिट तथा सोपस्टोनबाट बनाईएको छ, यसको निर्माण सन् १९२२ देखि सन् १९३१ को मध्यमा गरिएको थियो । [१][४][५]
Cristo Redentor | |
स्थान | रियो दी जेनेरियो , ब्राजिल |
---|---|
प्रकार | मूर्ती |
उचाइ | ३० मिटर (९८ फिट) |
निर्माणकार्य सम्पन्न | अक्टोबर १२, १९३१ स्थापित अक्टोबर १२,२००६ |
आधिकारिक नाम | क्राइस्ट द रिडिमर |
किसिम | ऐतिहासिक |
मापदण्ड | v, vi |
नामाङ्कित | १९३१ (११औ संस्करण) |
सन्दर्भ क्रम सङ्ख्या | ११०० |
राज्य | ब्राजिल |
क्षेत्र | दक्षिण अमेरिका |
सन्दर्भ सुची
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "क्राइस्ट द रिडीमर", TIME, १९३१-१०-२६, अन्तिम पहुँच २००७-०७-११। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१२ मिति
- ↑ "हाउ बिग इज इसस?", London: Guardian.co.uk, २०१०-१०-२८, अन्तिम पहुँच २०१०-११-०६।
- ↑ "विश्वका सात आश्चर्य", Hindustan Times, २००७-०७-०८, अन्तिम पहुँच २००७-०७-११। वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-३० मिति
- ↑ "ब्राजिल:स्ट्याच्यु अफ क्राइष्ट", Travel Channel, अन्तिम पहुँच २००७-०७-०७। वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-१६ मिति
- ↑ "स्ट्याटस फर रियो", BBC, २००६-१०-१३, अन्तिम पहुँच २००७-०७-०७।