क्यूएफएक्स सिनेमाज

मनोरञ्जन कम्पनी

क्यूएफएक्स सिनेमाज (अङ्ग्रेजी: QFX Cinemas) नेपालका प्रमुख सहरमा चलचित्र भवन भएको मनोरञ्जन कम्पनी हो ।[३] राजेश सिद्धि, भास्कर ढुङ्गाना र नकिम उदीनद्वारा स्थापना भएको क्यूएफएक्स सिनेमाजमा नेपाली चलचित्रका साथै बलिउडहलिउड चलचित्रको पनि प्रदशन गरिन्छ ।[४][५]

क्यूएफएक्स सिनेमाज
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगमनोरञ्जन
स्थापनाकर्ताहरू
  • राजेश सिद्धि
  • भास्कर ढुङ्गाना
  • नकिम उदीन
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
नकिम उदीन [१]
मालिकटीमक्वेस्ट[२]
वेबसाइटwww.qfxcinemas.com

इतिहास सम्पादन गर्नुहोस्

नेपालको पहिलो चलचित्र भवन, जय नेपाल सिनेमा हलको नवीकरणको साथमा क्यूएफएक्स सिनेमाजको स्थापना भएको थियो ।[६] कम्पनीको विकास र विस्तार भई कुमारी चलचित्र भवनको स्थापना भयो । सुन्धारामा अवस्थित क्यूएफएक्स सिभिल मल नेपालको प्रथम सर्वोत्कृष्ट गुणस्तरको मल्टिप्लेक्स मानिन्छ ।[७] काठमाडौँ उपत्यकामा क्यूएफएक्सको सफलता पछि नेपालगञ्जमा क्यूएफएक्स बागेश्वरी, नारायणघाटमा क्यूएफएक्स जालमा र पोखरामा क्यूएफएक्स सिनेप्लेक्सको स्थापना गरियो ।[८][९] जनवरी २०१७ को तथ्याङ्क अनुसार नेपालमा क्यूएफएक्स सिनेमाजको कुल १५ स्क्रीन छन् ।

सुविधा सम्पादन गर्नुहोस्

ललितपुरको पुलचोकमा अवस्थित क्यूएफएक्स लबीम मल उच्च गुणस्तरको 4K स्क्रीन भएको नेपालको प्रथम मल्टिप्लेक्स हो ।[१०] क्यूएफएक्स सिनेमाजका मल्टिप्लेक्समा बार्कोद्वारा निर्माण गरिएका उच्च गुणस्तरका डिजिटल प्रोजेक्टर राखिएको हुन्छ ।[११]

स्थान सम्पादन गर्नुहोस्

सहर नाम स्थान स्क्रीन सन्दर्भ
ललितपुर क्यूएफएक्स लबीम मल लबीम मल, पुलचोक, ललितपुर [१२]
काठमाडौँ क्यूएफएक्स सिभिल मल सिभिल मल, सुन्धारा, काठमाडौँ [१३]
काठमाडौँ क्यूएफएक्स कुमारी कमलपोखरी, काठमाडौँ [१४]
काठमाडौँ क्यूएफएक्स जय नेपाल नारायणहिटी मार्ग, काठमाडौँ [१५]
काठमाडौँ क्यूएफएक्स छाया ठमेल, काठमाडौँ
पोखरा क्यूएफएक्स सिनेप्लेक्स चिप्लेढुङ्गा, पोखरा [१६]
नारायणघाट क्यूएफएक्स जालमा जालमा, नारायणघाट [१७]
नेपालगञ्ज क्यूएफएक्स बागेश्वरी न्यू रोड, नेपालगञ्ज [१८]


चित्रमाला सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "After Lallitpur, Bhutan and Cambodia are on QFX’s bucket list" [ललितपुर पछि क्यूएफएक्स सिनेमा भुटान र कम्बोडियामा], अनलाइन खबर, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  2. "TeamQuest manages QFX Cinemas" [टीमक्वेस्टले क्यूएफएक्स सिनेमाजको व्यवस्थापन गर्छ], टीमक्वेस्ट, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-१४ मिति
  3. "QFX Cinemas opens new multiplex in Pulchowk" [क्यूएफएक्स सिनेमाजद्वारा पुलचोकमा नयाँ चलचित्र भवनको स्थापना], रेपब्लिका, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  4. बस्नेत, स्मृति, "Team Quest’s LABIM" [टीमक्वेस्ट लबीम], नेपाली टाइम्स, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  5. "Kumari Cinemas" [कुमारी चलचित्र भवन], बस नेपाल, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२७ मिति
  6. गुरुङ, जानकी, "Jai Nepal" [जय नेपाल], नेपाली टाइम्स, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  7. "QFX-Central Cinema opening at Civil Mall Sundhara" [सुन्धाराको सिभिल मलमा क्यूएफएक्स सिनेमाजको स्थापना], काठमाडौँ टूडे, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  8. नेपाल, आनन्द, "QFX theater, DCN Jalma opens in Chitwan" [चितवनमा क्यूएफएक्स जालमाको स्थापना], एक्सनेपाली, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  9. "QFX Cinemas Now in Pokhara" [क्यूएफएक्स सिनेमाज अब पोखरामा], न्यू बिजनेस एज, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  10. "QFX Cinemas opening in Pulchowk" [पुलचोकमा क्यूएफएक्स सिनेमाजको स्थापना], द हिमालयन टाइम्स, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-०५ मिति
  11. "QFX Lalitpur" [क्यूएफएक्स ललितपुर], द काठमाडौँ पोस्ट, अन्तिम पहुँच ४ जनवरी २०१७ 
  12. "QFX Labim Mall" [क्यूएफएक्स लबीम मल], क्यूएफएक्स सिनेमाज, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१९ मिति
  13. "QFX Civil Mall" [क्यूएफएक्स सिभिल मल], क्यूएफएक्स सिनेमाज, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०३ मिति
  14. "QFX Kumari" [क्यूएफएक्स कुमारी], क्यूएफएक्स सिनेमाज, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०३ मिति
  15. "QFX Jai Nepal" [क्यूएफएक्स जय नेपाल], क्यूएफएक्स सिनेमाज, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१६ मिति
  16. "QFX Cineplex" [क्यूएफएक्स सिनेप्लेक्स], क्यूएफएक्स सिनेमाज, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१० मिति
  17. "QFX Jalma" [क्यूएफएक्स जालमा], क्यूएफएक्स सिनेमाज, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१० मिति
  18. "QFX Bageshwori" [क्यूएफएक्स बागेश्वरी], क्यूएफएक्स सिनेमाज, अन्तिम पहुँच ४ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१० मिति

बाह्य कडी सम्पादन गर्नुहोस्