क्याट दूरसञ्चार सार्वजनिक कम्पनी लिमिटेड एक राज्यको स्वामित्वमा रहेको कम्पनी हो जसले अन्तर्राष्ट्रिय मुख्य द्वारहरू, उपग्रह, र पानी मुनि केबल सञ्जालको जडान सहित थाइल्याण्डमा अन्तरराष्ट्रिय दूरसञ्चार पूर्वाधार सञ्चालन गर्दछ ।[२]

क्याट दूरसञ्चार सार्वजनिक कम्पनी लिमिटेड
व्यवसाय प्रकार
सरकारी कम्पनी
उद्योगदूरसञ्चार
स्थापित१४ अगस्ट २००३; २० वर्ष पहिले (२००३-०८-14)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
थाइल्यान्ड
मुख्य व्यक्ति
जेनेरल सिरिचाइ दिस्टाकुल (अध्यक्ष)
राजश्ववृद्धि ७६.०२ बिलियनबाट (२०१३) [१]
ह्रास ११.२७ बिलियनबाट (२०१३)
कुल सम्पत्तिवृद्धि १७५.८ बिलियनबाट (२०१३)
कुल इक्विटीह्रास ४१.२५ बिलियन (२०१३)
वेबसाइटwww.cattelecom.com

सेवा सम्पादन गर्नुहोस्

हालैमा, क्याट दूरसञ्चारले अन्तर्राष्ट्रिय टेलिफन सेवा र सीडीएमए मोबाइल टेलिफोन सेवामा एकाधिकार लिएको थियोे । क्याट दूरसञ्चारले, थाइल्यान्ड टेलिफोन सङ्घ सँग साझेदार गरेर जिएसएम मोबाइल सेवा थाई मोबाइल प्रदान गरेको छ ।[३] हङकङको हचिसन एसिया दूरसञ्चार समूह सँगको साझेदारीमा, यसले थाइल्यान्डको २५ वटा मध्य क्षेत्रहरूमा CDMA2000 1x सेवा प्रदान गरेको छ र थाइल्यान्डका ५१ वटा प्रदेशहहरूमा यसले CDMA2000 1xEV-DO सेवाहरू सञ्चालन गरेको छ ।[४]

क्याट दूरसञ्चारले डाटा सञ्चार र अनुप्रयोग सेवाहरू प्रदान गर्दछ जसमा लिस्सड लाइन, फाइबर-टू-प्रिमिसिस, गिगाबाइट इथरनेट, एक्सडीडीएल, प्रत्यक्ष टिभि प्रसारण, ई-बाणिज्य, ई-लीलामी र ई-सुरक्षा जस्ता महत्त्वपूर्ण सेवाहरू यसले प्रदान गर्दछ ।

इतिहास सम्पादन गर्नुहोस्

अघिल्ला थाई प्रधानमन्त्री थक्सिन शिनावात्राको सरकारले क्याट दूरसञ्चार र थाइल्याण्ड सञ्चार प्राधिकरणलाई १४ अगस्ट २००३ मा स्थापना गरेको थियोे । योजनाबद्ध रूपमा थाइल्यान्डको स्टक एक्सचेञ्जमा, प्रारम्भिक सार्वजनिक पेशकशको माध्यमद्वारा राज्य उद्धमको रूपमा रहेको यस दूरसञ्चार एक भाग निजीकरण गर्ने योजना रहेता पनि १९ सेप्टेम्बर २००६ मा सत्तारूढ थाकसिनको सरकारलाई सत्ताबाट निकालिए पछि यो योजना रद्द भएको थियोे । आघात भए लगत्तै, राष्ट्रिय सुरक्षा परिषदका जनरल सुरायुद चुलानोन्टले, क्याट दूरसञ्चारलाई सरकारी स्वामित्वमै रहेको प्रतिद्वन्द्वी थाइल्यान्ड दूरसञ्चार सङ्घ सँग समायोजन गरिने घोषण गरेको थिए ।

उनले, जनरल साप्राङ कलायनमित्रलाई दुबै थाइल्यान्ड टेलिफोन सङ्घ र क्याट दूरसञ्चारकम निर्देशन बिभागका अध्यक्षको रूपमा नियुक्त गरेका थिए । बैङ्कक देखि हङकङसम्म स्याटेलाइटको मार्फतबाट इन्टरनेट लिङ्क प्रदान गर्न क्याटले अस्विकार गरेकोमा, पिपुल्स टेलिभिजन (एक नयाँ स्याटेलाइट टेलिभिजन)का संस्थापकले साप्राङलाई आरोप लगाएका थिए । पिपुल्स टेलिभिजन वा पिटिभिलाई थाई राक थाई दलका केहि अघिल्ला कार्यकारीहरु द्वारा स्थापित गरिएको थियो । तथापि, इन्टरनेट पहुँचको लागि कुनै पनि आवेदन प्राप्त नगरेको क्याट दूरसञ्चारले दावी गरेको थियोे ।

राष्ट्रिय सुरक्षा परिषदका जनरलले थाकसिन सरकारको दूरसञ्चार उत्पादन कर नीति रद्द गरेको थियो । थाकसिनको सरकारले निजी निश्चित र सेलुलर सेवाहरूमा उत्पादन कर लगाएको थियो, र त्यसपछि टेलिकम कम्पनीहरूले पहिला तिरेका शुल्कहरू, थाइल्यान्ड दूरसञ्चार कम्पनी र क्याट दूरसञ्चारमा उत्पादन शुल्कमा तिर्नु पर्ने रकमको कटौती गर्न अनुमति दिएको थियोे ।

३० नोभेम्बर २०१३ मा, बैङ्ककमा सामूहिक प्रदर्शनको क्रममा, अज्ञात प्रदर्शनकारीहरूको समूहले यसको मुख्यालयमा घुसपिट गरे, जसले यसको डाटा केन्द्रको बिजुली काटियो । यसले कम्पनीको लगभग ९२,००० ग्राहकलाई असर गर्यो र परिणामस्वरूप ३०० मिलियनबाट (१० करोड डलर) गुमायो । प्रणाली बन्द भएपछि, इन्टरनेट सेवा पहुँचयोग्य थिएन, फोन लाइनहरू काटिएका थिए, र एटिएमको सेवा पनि अबरुद्ध भएको थियोे ।[५]

सहायक कम्पनी सम्पादन गर्नुहोस्

 
माई बाई क्याट, मोबाइल फोन सञ्चालक

यसका निम्न सहायक कम्पनीहरू रहेका छन् :

  • माई बाई क्याट (मोबाइल फोन सञ्चालक)
  • क्याट इन्टरनेट

सेवा क्षेत्र सम्पादन गर्नुहोस्

क्याट दूरसञ्चारको नियन्त्रणमा रहेको माइ बाइ क्याट सेवा यसका २६ वटा प्रदेशहरूमा उपलब्ध रहेको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. क्याट दूरसञ्चारक‍ो बित्तिय चित्रण २०१३ वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२३ मिति
  2. "क्याट टेलिकमको ब्यापारीक सेवाको बारेमा बृस्तित जानकारी - द नेसन", द नेसन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-०८ मिति
  3. टलिजियोग्राफि, "क्याट र थाइल्यान्ड दूरसञ्चारले अन्तमा थाई मोबाइलको मुल्य निर्धारण गरेका छन्", टेलिजियोग्रफी डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०१ मिति
  4. टेलिजियोग्रफि, "हचिसन र क्याटले साझेदारी गरी CDMA2000 1x राष्ट्रिय रोमिङ सेवा प्रदान गरेका छन्", टेलिजियोग्राफि डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०१ मिति
  5. टेक इन एसियामा अधिक जानकारी

बाह्य कडीहरू सम्पादन गर्नुहोस्