कोलिन स्मिथ
कोलिन फिलिप स्मिथ एक बेलायती नेपाली पुतली विशेषज्ञ हुन्। उनलाई नेपालमा "पुतली बाजे" भनेर चिनिन्छ। [१] [२] उनले नेपालमा पुतलीकोबारे अध्ययन र लेखनमा ५० वर्षभन्दा बढी समय बिताएका छन्। [३] उनले नेपालका पुतलीका धेरै पुस्तकका लेखेका छन्। [४] [५] [६] उनले सन् १९६६ मा युनाइटेड मिशन टु नेपाल कार्यक्रमअन्तर्गत शिक्षकका रूपमा नेपाल आएका थिए । स्मिथले आफ्नो करियरको सुरुवातमा बाबुराम भट्टराई र उपेन्द्र देवकोटा जस्ता लोकप्रिय नेपाली व्यक्तित्वहरूलाई पढाएका थिए। [७] [८]
कोलिन फिलिप स्मिथ | |
---|---|
जन्म | 1936 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।–अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।) London, England |
मृत्यु | ढाँचा:Death date and given age Pokhara, Nepal |
राष्ट्रियता | British |
नागरिकता | नेपाल |
वैज्ञानिक करियर | |
क्षेत्र | Lepidopterist Natural history |
शिक्षा | Annapurna Natural History Museum |
स्मिथको काका Uncle Bob (Arnold Turner) पुतली संग्रह गर्दै हिड्थे । स्मिथ सानै हुदा उनको काकाको पुतलीको संग्रह भएको दराज देखेका थिए । रङ्गि बिरङ्गी पुतली देखेर उनि निकै खुशी भएका थिए । १३ वर्षको हुदा स्काउटबाट जंगल घुम्न जादा जंगलमा धेरै पुतली देखे पछि उनको पुतलीसंग प्रेम बस्यो र पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे । यस पछि पढाइले गर्दा उहाको आफ्नो सौख पुरा गर्न पाएनन् । पोखरामा रहदा उनको भेट पिस कर भोलेन्टियर डोरोथी मिरोसंग भएको थियो । डोरोथी म्यूजियम बनाउने धुनमा थिए, दुइ जनाको कुरा मिल्यो, स्मिथले डोरोथीको म्यूजियममा पुतली संग्रह गरि राखिदिने । यसरी उनले पोखरामा भेटिएका केही पुतली संग्रह गर्न थाले । यसपछि कलिन सर गोरखा पुगे, फेरी काठमाडौ स्वयम्भूमा रहेको आनन्दकुटीमा पुगे । यहा रहदा स्मिथको सौखको चर्चा शायद त्रिभुवन विश्वबिद्यालयमा पुगेको थियो होला । त्यसैले जूलोजीका प्रोफेसर डि. अार. उप्रेतीले एक दिन आफ्नो अफिस किर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक बिज्ञान संग्रहालय (Natural History Museum) को लागी किट बिज्ञान संग्रहालय बनाउन अाग्रह गरे । यसपछि त उनि पढाउन छोडेर त्रिभुवन बिश्व बिद्यालयसंग ६ वर्षे सम्झौता गरि नेपालको गाँउ गाँउ घुम्दै पुतली जम्मा गर्न थाले । यो एउटा चुनौतीपूर्ण काम थियो तर वहाको रहर पनि थियो । नभन्दै वहाले ४० जिल्लाको भ्रमण पछि करिव २५००० पुतली संग्रह गरे । यसलाई छुट्ट्याए, हरेकलाइ नामाकरण गरे । नेपालमा पाइने ६६० प्रजातीका पुतली मध्य वहाले करिव ५५० प्रजाती भेट्टाए । यसरी उहाले अाफुले पाएको ६ वर्षको समयमा पुतली संकलनका साथ त्यसलाई सुरक्षित गराइ प्राकृतिक बिज्ञान संग्रहालयलाई हस्तान्तरण गरे ।
उनको उपलब्धि र अन्तर्राष्ट्रिय ख्यातिको लागि २०१९ मा नेपाल सरकारले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो। [४] [५] [८] [९] उनी नेपालको मानार्थ नागरिकता पाउने सर एडमन्ड हिलारी र टोनी हेगनपछि तेस्रो व्यक्ति हुन् । [९] [१०]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The delicate beauty of Nepal’s butterflies", OnlineKhabar, अन्तिम पहुँच ८ अगस्ट २०२१।
- ↑ "‘पुतली बाजे’ अब सम्मानार्थ नेपाली", DeshSanchar, अन्तिम पहुँच ८ अगस्ट २०२१।
- ↑ "Birds and Butterfly Research", Namaste Nepal, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१। वेब्याक मेसिन अभिलेखिकरण १० सेप्टेम्बर २०२१ मिति
- ↑ ४.० ४.१ "Putali Baje obliged with Nepali citizenship", The Himalayan Times, अन्तिम पहुँच ६ अगस्ट २०२१।
- ↑ ५.० ५.१ "पुतली बाजे and the metaphor of metamorphosis", NepaliTimes, अन्तिम पहुँच ८ अगस्ट २०२१।
- ↑ "Butterflies in Nepal", Inside Himalayas, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१।
- ↑ "पुतली बाजे: 'पुतली खोज्दै आएँ, नेपाली नागरिक भएर मर्न मन छ'", BBCNews, अन्तिम पहुँच ८ अगस्ट २०२१।
- ↑ ८.० ८.१ "British national ‘Putalibaje’ receives citizenship of Nepal", South Asia Time, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१।
- ↑ ९.० ९.१ "British national Putalibaje to receive honorary citizenship", The Himalayan Times, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१।
- ↑ "Korean philanthropist Um Hong Gil gets honorary citizenship", South Asia Time, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१।