'कोटा (/ˈktə/ ( )) राजस्थानको एक प्रमुख औद्योगिक एवं शैक्षणिक शहर हो। यो चम्बल नदीको तटमा बसेको छ। कोटा राजधानी जयपुरदेखि सडक एवं रेलमार्गबाट लगभग २४० किलोमीटरको दूरीमा छ। यो नगर जयपुर-जबलपुर राष्ट्रिय राजमार्ग १२ मा स्थित छ। दक्षिण राजस्थानमा चंबल नदीको पूर्वी किनारमा स्थित, कोटा ती शहाहरू मा हो जहा औद्योगीकरण ठुलो मात्रामा भएको छ। कोटा अनेक किला, महल, सङ्ग्रहालय, मन्दिर र बगैचाको लागि लोकप्रिय छ। यो शहर नवीनता र प्राचीनताको आनौठो मिश्रण हो, जहा एक तर्फ शहरको स्मारक प्राचीनताको बोध गर्छ त्यहि चंबल नदीमा बनेको हाइड्रो इलेक्ट्रिक प्लान्ट र न्यूक्लियर पावर प्लान्ट आधुनिकताको एहसास गर्छ।

कोटा
देशभारत भारत
राज्यराजस्थान
जिल्लाकोटा
क्षेत्रफल
 • जम्मा५२७ किमी (२०३ वर्ग माइल)
उन्नतांश
२७१ मिटर (८८९ फिट)
जनसङ्ख्या
 (2011)
 • जम्मा१,००१,६९४
 • क्रम४६औ
 • घनत्व१९००/किमी (४९००/वर्ग माइल)
वेबसाइटkota.rajasthan.gov.in

कोटा चम्बल नदीको पूर्वी तटमा स्थित छ। यो राजस्थानको दक्षिणी भागमा पर्दछ। यहाको भूगोलिक निर्देशांक २५°११′N ७५°५०′E / २५.१८°N ७५.८३°E / 25.18; 75.83.[] हो। यहाको क्षेत्रफल १२,१३६ कि.मी.² (राजस्थान राज्यको ३.६३ % भूभाग) छ।[] यहाको औसत ऊंचाई २७१ मीटर (889 फीट) छ।

 
कोटाको सूती साडी गोटा पत्ती बोर्डर सहित

कोटाको विशेष सूती तथा कोटा डोरीया साडि, कोटा स्टोन, कचोरीको लागि प्रसिद्ध छ। कोटालाई शिक्षा नगरीको नामले पनि जानिन्छ।

प्रारम्भमा कोटा बून्दी राज्यको एक हिस्सा थियो। मुगल शासक जहान्गीरले जब बून्दीको शासकहरूलाई पराजित गरे तब कोटा १६२४ ई. मा एक स्वतन्त्र राज्यको रूपमा स्थापित भयो। राव माधो सिंह यहाको प्रथम स्वतन्त्र शासकको रूपमा गद्दीमा बसे। १८१८ ई. मा कोटा ब्रिटिस साम्राज्यको अधीन भयो।

प्रमुख आकर्षण

सम्पादन गर्नुहोस्

सिटी फोर्ट प्लालेस

सम्पादन गर्नुहोस्

चम्बल नदीको पूर्वी तटमा १७औ शताब्दीमा बनेको यो किला कोटाको मुख्य आकर्षण हो। यस किलाको परिसर राजस्थानको सबैभन्दा विशाल किला परिसरहरू मा हो। १७औ शताब्दीमा बनेको हात्ति पोल किलामा प्रवेशको सुन्दर प्रवेशद्वार छ।

राव माधो सिंह सङ्ग्रहालय

सम्पादन गर्नुहोस्

यो सङ्ग्रहालय पुरानो महलमा स्थित छ र यसलाई राजस्थानको सबैभन्दा बेहतरीन सङ्ग्रहालयहरूमा मानिन्छ। कोटा राज्यको प्रथम शासक राव माधो सिंहको नाममा सङ्ग्रहालयको नाम राखिएको हो। सङ्ग्रहालयमा कोटाको सुन्दर पेटिन्ग, मूर्ति, तस्वीर, हतियार र शाही वंश सम्बम्धित अनेक वस्तुहरू देख्न सकिन्छ।

जगमन्दिर महल

सम्पादन गर्नुहोस्

यो महल कोटाको एक रानी द्वारा १७४० ई. मा बनाइएको थियो। सुन्दर किशोर सागर झीलको मध्य बनेको यो महल राजाहरूको आमोद प्रमोदको स्थान थियो। झीलको पारदर्शी जलमा महलको प्रतिबिम्ब बेहद सुन्दर लगाउछ। किशोर सागर झील बून्दीको राजकुमार धी देहले १३४६ ई. मा बानाएका थिए। झीलमा नौकायनको आनन्द पनि लिन सकिन्छ।

सरकारी सङ्ग्रहालय

सम्पादन गर्नुहोस्

किशोर सागर झीलको समीप किशोर बागमा बनेको ब्रिजविलास महलमा यो सङ्ग्रहालय स्थित छ। सङ्ग्रहालयमा दुर्लभ सिक्का, हस्तलिपिहरू र हडोटी मूर्तिहरूको विस्तृत सङ्ग्रह छ। यहा बरोलीको मन्दिरहरूसङ केही आकर्षक र ऐतिहासिक मूर्तिहरू लाएर राकिएको छ। शुक्रबार र राष्ट्रिय अवकाशको दिन सङ्ग्रहालय बन्द रहन्छ।

चम्बल गार्डन

सम्पादन गर्नुहोस्

यो एक सुन्दर पिकनिक स्पोट हो र यहा मगरमच्छाको तालाब देख्न सकिन्छ। यो गार्डन चम्बल नदी र अमर निवासको समीप स्थित छ।

देवताजीको हवेली

सम्पादन गर्नुहोस्

देवताजीको हवेली राजस्थानको सबैभन्दा सुन्दर भवनरूमा एक हो। कोटाको यो हवेली अनौठो भित्तिचित्र र चित्रकारीको लागि प्रसिद्ध छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Kota District Census 2011 Handbook: VILLAGE AND TOWN WISE PRIMARY CENSUS ABSTRACT (PCA)" (PDF), Censusofindia.gov.in, पृ: २९ (pdf) Urban Section, अन्तिम पहुँच १९ अप्रिल २०१६ 
  2. Falling Rain Genomics, Inc - Kota
  3. Statistics by Govt. of Rajasthan

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्