कृष्णसार संरक्षण क्षेत्र
कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्ला मा रहेको छ।केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछि पछिल्लो समय बि.स.२०६५ कृष्णसारको संरक्षण गर्ने उदेश्यले मा बर्दिया र बाँके को भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिएको हो।[१]
कृष्णसार संरक्षण क्षेत्र | |
---|---|
आईयूसीएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र) | |
स्थान | नेपाल |
नजिकैको सहर | धनगढी, नेपालगन्ज |
क्षेत्र | १६.९५ किमी२ (६.५४ वर्ग माइल) |
स्थापना | विसं २०६५ |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
कृष्णसार
सम्पादन गर्नुहोस्नेपालमा कृष्णसार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्र थोरैको सङ्ख्यामा पाइन्छ। दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन। आकर्ष लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ।यो संरक्षम क्षेत्रमा अहिले करिब २०० को हाराहारीमा कृष्णसार संरक्षित रहेको अनुमान गरिन्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ DNPWC (2014). Blackbuck Conservation Area वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२५ मिति. Department of National Parks and Wildlife Conservation, Kathmandu.