कृष्णप्रसाद पराजुली (वि.सं. १९९२-२०७०) नेपाली साहित्यकार थिए ।[१] उनका बालसाहित्य/कविता/समालोचना/व्याकरण लगायत विभिन्न विधाका ३ दर्जन जति कृति प्रकाशित छन् ।

Poet Krishna Prasad Parajuli
कृष्णप्रसाद पराजुली
जन्म१९९२ असार २४ गते
काभ्रेपलाञ्चोक, भ्रमरकोट
मृत्युत्रिवि शिक्षण अस्पताल काठमाडौँ
समाधि स्थलपशुपति आर्यघाट
पेशाभाषा, साहित्य
भाषानेपाली,
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षाआचार्य
बच्चाहरू

जीवनी सम्पादन गर्नुहोस्

पराजुलीको जन्म वि.सं. १९९२ साल असार २४ गते काभ्रेपलाञ्चोकको भ्रमरकोटमा भएको हो। उनले साहित्यरत्न पूरा गरेका थिए र लामो समय प्राध्यापन गरेका थिए ।

संलग्नता सम्पादन गर्नुहोस्

कृष्णप्रसाद पराजुली प्रगतिशिल लेखक सङ्घका सदस्य, साहित्यिक परिवारका साहित्य मन्त्री आदि थिए ।

मौलिक कृति सम्पादन गर्नुहोस्

 
नाला-पानी कविता, महेन्द्र माला, कक्षा-६, प्रकाशित मिति वि.सं २०३६ साल

उनका मौलिक कृतिहरु निम्न रहेका छन -
१) पन्ध्र तारा र नेपाली साहित्य (जीवन सँग्रह, वि.सं. २०२४)
२) नौबेली (कथा सँग्रह, वि.सं. २०२८)
३) सय थुङ्गा फुल (कविता सँग्रह, वि.सं. २०४४)
४) आँखाभरि सपना मुटुभरि गीत (गीत सँग्रह)
५) भाषाको माया (भाषिक अनुसन्धान, वि.सं. २०४४)
६) नेपाली अध्ययन तथा अभिव्यक्ति (भाषा, वि.सं. २०२७)
७) प्रयोगात्मक भाषात्व नेपाली (व्याकरण, वि.सं. २०३५)
८) राम्रो रचना, मीठो नेपाली (व्याकरण, वि.सं. २०२३)
९) नेपाली उखान र गाउँखाने कथा (सँग्रह, वि.सं. २०३९)
१०) पूर्व एक नम्बर (स्थान परिचय, वि.सं. २०२२)
११) बादलका बुट्टाहरू (कविता सँग्रह, वि.सं. २०४५)
१२) फूलपात (निबन्ध र पत्र परिचय, वि.सं. २०४४)
१३) जूनतारा (बालकाव्य, वि.सं. २०४५)
१४) सुनकेस्रा (बालकथा सँग्रंह, वि.सं. २०२८)
१७) सुनौला तीन कुरा (बालकथा सँग्रह, वि.सं. २०२७)
१८) रमाइला नानी (बाल कविता सँग्रह, भाग १ र २- वि.सं. २०२२मा र तेस्रो-वि.सं. २०२७)
१९) हिमाली डाँफे (बालकथा सँग्रह, वि.सं. २०४४)
२०) सात गेडीको कथा (कथा सँग्रह, वि.सं. २०२५)
२१) नेपाली व्यवहारिक व्याकरण (व्याकरण, वि.सं. २०२३)

सम्पादित, अनूदित र फुटकर कृति सम्पादन गर्नुहोस्

पराजुलीद्वारा सम्पादित, अनूदित र फुटकर कृति यी हुन्-
१) नेरावि (सामयिक सङ्कलन, प्रधान सम्पादक)
२) ज्ञान सागर (सामयिक सङ्कलन, सम्पादक)
३) पालुवा त्रैमासिक (सम्पादन)
४) बालक (मासिक, हाल: त्रैमासिक-सम्पादन, वि.सं. २०२७)
८) भञ्ज्याङ्गका सुसेली (कविता, सम्पादन)
९) कलिलो घाम (कविता सँग्रह-सम्पादन, वि.सं. २०२७)
१०) वाङ्मय (अर्द्धवार्षिक, सह-सम्पादन)
११) कविता (त्रैमासिक, सहायक सम्पादन)
१२) नेपाली बृहत शब्दकोष (सम्पादक, वि.सं. २०४०)
१३) अठोट (कविता सँग्रह, सम्पादक, वि.सं. २०४४)
१४) विभिन्न पत्र-पत्रिकाहरूमा कथा, समालोचना, कविता, निबन्ध, आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक सम्पादन गर्नुहोस्

उनले पाएका केही पुरस्कार, मान-सम्मान, पदक यी हुन्-

  • राष्ट्रिय बालकोष पुरस्कार (वि.सं. २०४४)
  • बालहितकारी पुरस्कार (वि.सं. २०४५)
  • कविता प्रतियोगितामा स्वर्ण पदक (वि.सं. २०२२)
  • ने.प्र.प्र. द्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत (वि.सं. २०२५)
  • झपट पुरस्कार (वि.सं. २०४६)
  • हरिहरशास्त्री साबित्री देवी पुरस्कार (वि.सं. २०४७)
  • जगदम्बाश्री पुरस्कार (वि.सं. २०६४)
  • विभिन्न व्यक्ति, सङ्घ, संस्थाद्वारा अभिनन्दन (वि.सं. २०४६/३/२४)

पराजुलीको २०७० चैत्र २० गते ७९ वर्षको उमेरमा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा निधन भयो। पराजुली मधुमेहबाट ग्रसित थिए। [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ बिते साहित्यकार पराजुली, नागरिक दैनिक

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्