ककुवय् काठमाडौँ उपत्यकाको बाजा हो । यो नेवार समुदायको प्रिय बाजा हो । यो बाजा फुकेर बजाइन्छ । ककुवय् एक बित्ता जति लामो काठलाई मुरलीमा जस्तै प्वाल पारी बनाइन्छ । यसको स्वर मुरलीको भन्दा अलि धोद्रो हुने भए तापनि ज्यादै मीठो सुनिन्छ । उपत्यकाका विभिन्न सांस्कृतिक पर्वहरूमा नेवारहरूको समूह आफ्नो सांस्कृतिक पहिरनमा ककुवय् बजाउँदै हिंडेको देखिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्