किम इल सुङ विश्वविद्यालय

किम इल-सुङ विश्वविद्यालय उत्तर कोरियामा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो ।[२] राष्ट्रको राजधानी प्योङयाङमा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै यस विश्वविद्यालयमा १० छुट्टा छुट्टै कार्यालयहरू, ५० प्रयोगशाला, पुस्तकालयहरू, सङ्ग्रहालय, एउटा मुद्रण छापाखाना, एउटा अनुसन्धान तथा विकास केन्द्र, सजावट भवन र एउटा अस्पताल रहेको छ ।[३] यहाँ एउटा कम्प्यूटर ल्याब समेत रहेको छ तर यहाँ इन्टरनेट पहुँचलाई सीमित पारिएको छ ।[४] यस विश्वविद्यालयको नामाकरण उत्तर कोरियाको संस्थापक तथा पहिलो नेता किम इल-सुङको सम्मानमा राखिएको छ ।[२] सामाजिक विज्ञान विभाग र प्राकृतिक विज्ञान विभाग दुवै पाठ्यक्रमहरू पूरा गर्नका लागि कम्तिमा पाँच वर्षको समय लाग्ने गर्दछ ।[३]

किम इल सुङ विश्वविद्यालय
Kim Il-sung University
प्रकारसार्वजनिक
स्थापना१ अक्टोबर १९४६ (1946-10-01)
सभापतिथे ह्योङ चोल
शैक्षिक कर्मचारी
१,२००
प्रशासनिक कर्मचारी
२,८००
विद्यार्थीहरू१६,०००
स्थान
र्‍योङ्गनाम डोङ, ताएसोङ जिल्ला, प्योङयाङ
,
३९°३′२९″उ॰ १२५°४६′६″पू॰ / ३९.०५८०६°N १२५.७६८३३°E / 39.05806; 125.76833निर्देशाङ्कहरू: ३९°३′२९″उ॰ १२५°४६′६″पू॰ / ३९.०५८०६°N १२५.७६८३३°E / 39.05806; 125.76833
क्याम्पससहरी
वेबसाइटwww.ryongnamsan.edu.kp

इतिहास सम्पादन गर्नुहोस्

शैक्षिक विभाग सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. University, Kim Il Sung (२०१६), "Ryongnamsan", ryongnamsan.edu.kp, मूलबाट ९ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.० २.१ York, Rob (१२ डिसेम्बर २०१४), "Kim Il Sung University has new website", NK News, अन्तिम पहुँच ७ जनवरी २०१७ 
  3. ३.० ३.१ http://terms.naver.com/entry.nhn?docId=553237
  4. Wingfield-Hayes, Rupert (४ मे २०१६), "A rare look inside North Korea's Kim Il Sung University", BBC News, अन्तिम पहुँच ४ मे २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्