किनेमा भटमासबाट बनाइने एक परिकार हो ।[] विशेष गरी यो परिकार पूर्वी नेपालका किराँत जाति मौलिक र मुख्य परिकारहरुमा पर्दछ ।[] लिम्बु, याक्खा, राई, सुनुवार सम्प्रदायमा यो परिकार लोकप्रिय रहेको छ । किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने गरी भुटिन्छ । त्यसपछि त्यसलाई पानीमा उसिनिन्छ । उसिनेपछि त्यसलाई मान्द्रो वा केराको पातमा फैलायेर राखिन्छ। केही सेलाएपछि त्यसमा अलिकति राम्रो खालको खरानी राखेर मोलि दालो वा थुन्छेमा केराको पात वा प्लास्टिक बिछ्याइ अगेना छेउमा राखिन्छ। त्यसरी राख्ने कामलाई सुम राख्नु भनिन्छ ।[] राख्दा राम्रो गरी छोपिएको हुनु पर्छ। हावा पस्यो भने किनेमा राम्रो हुँदैन।

किनेमा
वैकल्पिक नामहरूहोकु, होकुमा, गोयाङ, ख्यिनाम्मा
उत्पत्ति स्थानलिम्बुवान, नेपाल,
क्षेत्र वा राज्यनेपाल (कोशी प्रदेश), भारत (उत्तरी सिक्किम) र पश्चिमी भुटान
निर्माणकर्तालिम्बू जाति
मुख्य सामग्रीहरूभटमास

सुम राखेको दुई दिनपछि किनेमा तयार हुन्छ। सुम खोल्दा त्यसमा सेता सेता रेसाहरू देखिएका छन् र छुँदा लेस्यैलो र हातमा टाँसिने भयो भने किनेमा सप्रेको मानिन्छ। त्यसरी तयार भएको किनेमालाई घाममा राम्ररी सुकाएर राखिन्छ र आवस्यकता पर्दा झिकेर पकाउन र कतै कोसेलीको रूपमा पनि पठाउन सकिन्छ।

किनेमाको परिकार जाडो मौसममा खानु उपयुक्त हुन्छ। यसले रुघामार्गी लागेको बेला बद्धी फाइदा गर्छ। साथै यसले खानामा रुचि जगाउँछ । यस्कै मात्र सुप बनाएर पनि खान सकिन्छ तर अन्य तरकारी र दालमा मिसाएर खाँदा यसले छुट्टै स्वाद दिन्छ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "History, Society and Culture of the Indian Subcontinent", Subalterns and Raj (Routledge), २०१३-०९-१६: 13–33, आइएसबिएन 978-1-315-88972-6, अन्तिम पहुँच २०२४-०३-१२ 
  2. Tamang, Jyoti Prakash, "Naturally fermented ethnic soybean foods of India", Journal of Ethnic Foods 
  3. "Kinema—fermented flavours of Kirats and its history", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-०३-१२