कालीमाटी फलफूल तथा तरकारी बजार

कालीमाटी फलफूल तथा तरकारी बजार नेपालको कृषि उत्पादनका लागि सबैभन्दा ठुलो थोक बजार हो। यो नेपाल राजधानी काठमाडौँमा अवस्थित छ। यो बजारको व्यवस्थापन र सञ्चालन "कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति"द्वारा गरिन्छ।

कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ गते देखि तत्कालिन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत सञ्चालनमा आएको थियो । बजार सञ्चालनको क्रममा बजार आगमन र कारोबारको स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताहरुको बढ्दो चापलाई मध्यनजर गरी नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (UNCDF) को सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन् ।

विक्रेताले बजारमा न्यूनतम पाँच किलोग्राम बेच्नुपर्छ। त्यहाँ एउटा खुद्रा बजार पनि छ जहाँ साना व्यापारीहरूले आफ्ना उत्पादनहरू बेच्न सक्छन्।[] बजारमा ४२५ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन्।[][][]

खाद्य तथा कृषि बजार सेवा विभागअन्तर्गत कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ देखि सञ्चालनमा आएको थियो । यो बजार स्थापना गरेको थियो। पछि माग बढेको कारण नेपाल सरकार र युएनसिडिएफ बजारको पूर्वाधारको स्तरोन्नति गरे।

कालीमाटी तरकारी बजारको निर्माण तथा व्यवस्थापनको लागि एउटा स्वायत्त निकायको आवश्यकता महशुस गरी नेपाल सरकारद्वारा विकास समिति ऐन-२०१३ अन्तर्गत वि.सं. २०५१ फागुन १ गते "कालीमाटी फलफूल तथा तरकारी थोक बजार विकास समिति (गठन) आदेश, २०५१" जारी गरियो । समितिको कार्य क्षेत्रलाई विस्तार गर्ने अभिप्रायले नेपाल सरकारले वि.सं. २०५८ चैत्र १९ गते साविकको आदेश खारेज गरी सोही ऐन अन्तर्गत "कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति(गठन) आदेश, २०५८" जारी गरी सोही अनुसार संघीय संरचना बमोजिम यस समितिलाई संघ अन्तर्गतको निकाय कायम गरिएको छ ।।[]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Singh, Rishi (२००२-०५-२३), "Kalimati Fruit and Vegetable Market", The Himalayan Times, अन्तिम पहुँच २०२१-०१-३१ 
  2. "Increasing risk of COVID-19 in Kalimati Fruit and Vegetable Market", GorakhaPatra, अन्तिम पहुँच २०२१-०१-३१ 
  3. "Increasing risk of COVID-19 in Kalimati Fruit and Vegetable Market", GorakhaPatra, अन्तिम पहुँच २०२१-०१-३१ 
  4. "Kalimati vegetable market opens from today", Setopati, अन्तिम पहुँच २०२१-०१-३१ 
  5. "कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समिति : Regulating the market in Nepalese consumer interest since 1995", अन्तिम पहुँच २०२१-०१-३१