रसुवा जिल्ला को कालिका गाउँपालिका, वडा नं २ को रमणीय स्थलमा रहेको एक सांस्कृतिक, धार्मिक र ऐतिहाँसिक स्थल हो कालिका मन्दिर, रसुवा । राज्य पुनर्संरचना हुँदा यही मन्दिरको नामबाट कालिका गाउँपालिकाको नामाकरण समेत् भएको छ । कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको काठमाण्डौँदेखि ९४ किमी उत्तर, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ । प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पबित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।

यस मन्दिरको महत्व गोसाइँकुण्ड यात्रासँग पनि जोडिएको छ । गोसाइँकुण्ड यात्रा पश्चात यस मन्दिरमा दर्शन नगरी तीर्थ सफल नहुने जनविश्वास रहेको छ ।

परापूर्ब कालदेखि नै मानिदै आएको कालिका मन्दिरमा नेपाल तिब्बत युद्द हुँदा तिब्बतियनहरूले गाई काटेपछि (नेपाली पुर्खाले बोका बली चढाएको देखेर शक्ति प्राप्त गर्न) उल्कापात भएको र त्यसै बेलादेखि कालिका माईको शक्ति स्थापित भएको भनाई पाईन्छ ।

कालिका माइलाई 'धैबुङ चित्रकालिका'को नामले पनि पुकारिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्