कार्यसम्पादन मूल्याङ्कन

कर्मचारीलाई सुम्पेको काम सम्पन्न गर्नु नै कार्यसम्पादन हो । सो काम दक्षता र प्रभावकारितापूर्वक गर्नुपर्छ ।

कार्य सम्पादन भनेको क्षमता र उत्प्रेरणाको परिणाम हो ।

कुनै पनि कर्मचारीलाई तोकिएको जिम्मेवारी के कति र कस्तो रूपमा पूरा भयो भनेर पूर्व सूचककाे अाधारमा मापन गर्ने तथा मूल्यांकन गर्ने विधि कार्यसम्पादन मूल्यांकन हो । कुनै पनि आग्रह या पूर्वाग्रहबाट विचलित नभर्ई न्यायोचित मूल्यांकन गर्न सकियो भने नै काम गर्ने कर्मचारीलाई हौसला मिल्छ । होइन भने कर्मचारीहरू कुण्ठित बन्नुपर्ने अवस्थाको सिर्जना हुन सक्छ । मूल्यांकन मूल्यांकनकै लागि मात्र नगरी कार्यालय, शाखा या फाँटमा वहन गर्नुपर्ने जिम्मेवारी र प्राप्त उपलब्धिको आधारमा गरिनुपर्छ । प्रगति अपेक्षित रूपमा हुन सकेको छैन भने त्यसको यथार्थ कारण पत्ता लगाइ त्यसमा जिम्मेवार कर्मचारीको कार्यसम्पादनको वास्तविक तवरले विश्लेषणात्मक मूल्यांकन हुनुपर्छ । कार्यसम्पादनको आधारमा मूल्यांकन र मूल्यांकनको आधारमा दण्ड, सजाय, पुरस्कार तथा अन्य सेवा सुविधाहरू चलायमान हुने स्वचालित प्रणाली स्थापित हुनु अनिवार्य छ । सञ्चालित योजना तथा कार्यक्रमको प्रगति तथा प्रभावकारितालाई कार्यान्वयनमा तल्लीन जनशक्तिको कार्यसम्पादन, कार्यदक्षता र कार्यक्षमतासँग जोड्नुपर्छ । कुनै पनि व्यक्तिलाई तोकिएको जिम्मेवारी के कति, कसरी र कुन गुणस्तरमा वहन भएको छ भन्ने निक्र्योल गर्न तथा तदनुरूप भावी कार्यदिशा तय गर्नका लागि कार्यसम्पादन मूल्यांकन गरिनुपर्छ ।

सबै सङ्गठनहरूले कर्मचारीको मूल्यांकन गर्छन । यसमा दुई कुराहरु गरिन्छ ।

  • कर्मचारीको सम्पादित काम पुनरावलोकन गरी सबल र दुर्बल पक्षहरूको समीक्षा
  • कर्मचारीले भविष्यमा बहन गर्न सक्ने जिम्मेवारीका लागि क्षमता आकलन

कार्यसम्पादन मूल्यांकन प्रक्रिया सम्पादन गर्नुहोस्

  1. कार्यमान स्थापना
  2. कार्यमान सञ्चार
  3. सम्पादित कार्य मापन
  4. अन्तर विश्लेषण
  5. छलफल
  6. सुधारात्मक कदम चाल्ने

कार्यसम्पादन मूल्यांकनको उपयोग सम्पादन गर्नुहोस्

  1. कार्य सम्पादन पृष्ठपोषण
  2. पुरस्कार व्यवस्थापन
  3. तालिम र विकास
  4. बढुवा , सुरुवा , अवकाश
  5. छनोट परीक्षण मान्यता
  6. सुपरिवेक्षण समझदारी
  7. वृत्ति विकास र उत्तराधिकार योजना
  8. नीति निर्धारण

कार्यसम्पादन मूल्यांकनका विधिहरु सम्पादन गर्नुहोस्

  • परम्परागत बिधिहरु

1.स्तर निर्धारण विधि

2.ग्रेडीङ विधि

3.निबन्ध विधि

4.दबाबमुलक छनोट विधि

5.जोडि तुलना विधि

  • आधुनिक विधि

1.360 degree विधि

2.उदेश्यद्वारा ब्यस्थापन विधि

3.मुल्यांकन केन्द्र विधि

4.लागत लेखाङ्कन विधि

5.व्यवहार निर्देसित स्तर निर्धारण विधि (BARS method)


<madhab ojha>