पाटन दरबारको पश्चिममा रहेको कात्तिक नाच देखाउने डबलीलाई डवली पनि भनिन्छ|

वि.सं. १६९७मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर कात्तिक नाच चलाएका थिए।सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो। त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो। उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३०मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिन सम्म सो नाच चलाएका थिए। त्यसपछि उनका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगाएतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएका थिए।