विभिन्न प्रकारको म्रर मसला हालेर पकाईने मासु वा तरकारी |अरु तरकारी भन्दा यो यस कारणले फरक हुन्छ कि कवाफमा प्याज र पानी प्रयोग हुदैन र सके सम्म मासु र तरकारीमा भएको पानीको अंसलाई सुकाइन्छ|

  • मासुको कवाफ
    • सामग्री : १ किलो मासु डेढ इन्चको पीस गर्नु, ४/५ पीस ल्वाङ, सुकुमेल, इलाईची, दालचीनी, तेजपात, १०० ग्राम तेल, १ चम्चा राम्रो घिउ, १०० ग्राम अदुवा, १ चौर्टाई चम्चा मरिचको धुलो, २/२ चम्चा जिरा धनियाँको धुलो, १/१ चम्चा बेसार, खुर्सानीको धुलो, आधा चम्चा जाइफलको धुलो, आवश्यक नुन।
    • बनाउने विधि : मासु सफा गरी तेल बेसार र अन्य सबै मसला राखी राम्रो मुछ्नु र बाक्लो भाँडोमा पकाउनु। मासुमा भएको पानी सुकेपछि आगो सानो गरी छोपेर पकाउनु। पासिसकेपछि घिउ राखी चलाएर छोडिदिनु। तयार भयो। यसरी पकाएको मासु फ्रिजमा नराखे पनि ४/५ दिनसम्म राखेर खान सकिन्छ। तर चिसो डाडुले चलाउनु हुँदैन। आफूलाई चाहने मात्र निकाली तताउनु पर्छ। प्याज र लसुन पनि राख्नु हुँदैन ब्रि्रन्छ।
  • काउलीको कवाफ