वर्तमान समयमा कर्फ्यू (अङ्ग्रेजी: Curfew) पुलिस-प्रशासनद्वारा घोषित एक आदेश वा आज्ञा हो जुनको उपयोग विशेष परिस्थितिमा उदाहरणत: दंगा, लूटपाट, आगजनी, हिंसात्मक तथा विध्वंसक कार्यलाई नियन्त्रणमा लिएर पुन: शान्ति एवं व्यवस्था स्थापित गर्न तथा नागरिकको सुरक्षाको निमित्त गरिन्छ। कर्फ्यू आदेशसँग विधिको बल हुन्छ र यसको उल्लङ्घन दण्डनीय हुन्छ।[१][२]'कु'सैनिक कानून पछि पनि कर्फ्यू लगाइन्छ।

इतिहाससम्पादन

"कर्फ्यू" को प्रारम्भ बेलायतमा विलियम द कंकरर द्वारा राजनीतिक दमनको लागि भएको थियो। यद्यपि यो धारणा १६ औँ शताब्दी देखि चलेको थियो, तथापि यसको कुनै ऐतिहासिक आधार छैन।

मध्यकालीन यूरोपमा "कर्फ्यू" एक प्रकारको नियण्त्रणको साधन थियो जुन द्वारा कुनै निश्चित समयमा गिरजाघरमा घण्टा बजाएरागो निभाइन्थ्यो। कर्फ्यूको माध्यमले कहिलेकाही सायंकाल निर्धारित समय थियो, जो प्राय: पाँच बजे या नौ बजे हुने गर्थ्यो, सूचना गिरजाघरमा घण्टी बजाएर दिने गरिन्थ्यो। यसको प्रयोग म्युनिसिपल वा सामुदायिक विनियमको द्योतक चिह्नको रूपमा गरिन्थ्यो। सायंकाल गिरजाघरमा घण्टा बजाउने प्रथा अझै पनि युरोपका अनेक शहरमा प्रचलित छ।

 
Pictures of English History Plate XIII - The Curfew

|तस्वीर का चित्रण कर्फ्यू प्रवर्तन]]

देश अनुसारसम्पादन

नेपालसम्पादन

नेपालमा कर्फ्यू लगाउ सक्ने बारे ऐनमा भनिएको छ :- "कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी/ सिडिओले त्यस्तो स्थानको सीमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्नेछ । त्यसरी कफ्र्यूको आदेश दिंदा प्रमुख जिंल्ला अधिकारीले सो आदेश, कफ्र्यू लाग्ने क्षेत्र र सो वरिपरिका क्षेत्रका सर्वसाधारण जनताको जानकारीको लागि प्रचार गर्नु पर्दछ।"

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन

  1. "curfew - definition of curfew in English from the Oxford dictionary", oxforddictionaries.com 
  2. "Curfew - Define Curfew at Dictionary.com", Dictionary.com