कराही
कराही एक प्रकारको बाक्लो, गोलाकार र गहिरो खाना पकाउने भाँडा हो। यो भारतीय उपमहाद्वीपमा विकास भएको थियो। यसको उपयोग भारतीय, अफगानी, पाकिस्तानी, बङ्ग्लादेशी र नेपाली व्यञ्जनमा गर्ने गरिन्छ। पारम्परिक रूपले हल्का स्टीलको पाताबाट बनेको वा गाढा फलामबाट बनेको हुन्छ। आजभोली यो स्टेनलेस स्टील, तामा र ननस्टिक सतहबाट बन्न थालेका छन्, दुवैतीर गोलो र चौडाइ सतह भएको, वा पारम्परिक सामग्रीबाट बनेको हुन्छ।
इतिहास
सम्पादन गर्नुहोस्कराही प्राकृत शब्द कटाहाबाट आएको हो, जसको उल्लेख हिन्दूहरूको पवित्र ग्रन्थ रामायण र सुश्रुत संहितामा पाइन्छ। कराही भाँडाको उल्लेख सर्वप्रथम वेदहरूमा भोजन पात्रको रूपमा पाइन्छ।
प्रयोग
सम्पादन गर्नुहोस्कराही सामन्यतया मासु, आलु, मिठाई, निम्की, समोसा, माछा र पापड लगायतका परिकार पकाउनमा प्रयोग गर्ने गरिन्छ।
कराहीमा पकाइने व्यञ्जनहरू
सम्पादन गर्नुहोस्कराहीमा तयार गरिने परिकारहरू चिकन करी, मटन करी, साधारणतया खसीको मासुको पकाइने गरिन्छ र करी पनिर (शाकाहारी रुप) समेत सम्मिलित छन्। थोरै टमाटर र हरियो खुर्सानी प्रयोग गरेर तयार गरिने करी भारतीय र पाकिस्तानी व्यञ्जनमा एउटा लोकप्रिय रात्री भोजन हो, जसलाई साधारणतया नान वा रोटीसँग खाने गरिन्छ।
बल्तिस्तानको रैथाने परिकार 'बालटी' कराहीमा पकाइने गरिन्छ।