ओमान दूरसञ्चार कम्पनी वा सामान्यतया ओमानटेल, एसियाली राष्ट्र ओमानको पहिलो तथा एकीकृत दूरसञ्चार प्रदायक कम्पनी हो र देशको इण्टरनेटको प्राथमिक प्रदायक पनि हो।[२] ओमान सरकाको ओमानटेलमा ५१% सेयर रहेको छ।[३] मध्य पूर्व र उत्तर अफ्रिकी क्षेत्रमा यस प्रकारको सबैभन्दा ठूलो कारोबारमा ओमानटेलले जेइन समूहको २१.९% भाग प्राप्त गरेको थियो।

ओमान दूरसञ्चार कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनOM0000003026 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापितसन् १९८०
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
सुल्तान बिन हमदुन अल हर्थी (अध्यक्ष),[१]
तलाल सौद मार्हुन अल ममारी (प्रमुख कार्यकारी अधिकृत)[१]
कर्मचारी सङ्ख्या
२,६९०
वेबसाइटआधिकारिक वेबसाइट

कम्पनीको प्रधान कार्यालय ओमानको राजधानी मस्कटमा अवस्थित छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत तलाल सौद मरहुन अल ममारी हुन्। यसले २,६९० कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको छ। यो कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको सहायक उरिदू ओमानको प्रतिद्वन्द्वी हो।

ओमानटेलले आफुलाई एक प्रमुख अन्तर्राष्ट्रिय केन्द्रस्थलको रूपमा स्थापना गरेको छ जसमा हाल १० वटा पनडुब्बी तार ओमानमा जडान गरेको छ। उदाहरणको लागि: टिडब्ल्यूए, इआइजी, पिएलएजी, इपिएजी, एसएमडब्ल्यू-३,एमइएनए, पिओएल, ओम्रान, जिबिआई र बिबिजी। सन् २०१५ मा, ओमानटेलले देशमा एक परियोजनाको घोषण गरेको थियो जसमा यसले एफटिटिएच प्रविधि लागू गर्ने जनाएको थियो। सोही वर्ष, यसले गुणस्तर मानव संसाधनको मानकको लागि पुरस्कार जितेको थियो।[४]

इतिहास सम्पादन गर्नुहोस्

१९९० को दशकमा यसले आफ्नोे योजनाहरूको लागू गरेको थियो जसले फोन लाइनहरूको सङ्ख्यामा वृद्धि, फाइबर-अप्टिक सञ्जालको विस्तार र डिजिटल प्रविधि पनि ल्याएको थियो। सन् १९९७ मा ओमानको तत्कालीन एकमात्र दूरसञ्चार प्रदायक कम्पनी ओमानटेलका साथ ओमानमा इण्टरनेट आधिकारिक रूपमा उपलब्ध गराइएको थियो। त्यसपछिको वर्ष पछि, इण्टरनेटको माग ओमानमा तिव्र रूपमा बढेको थियो र सन् २००४ मा अर्को ओरिदुको सहायक दूरसञ्चार कम्पनी ओरिदु ओमानको स्थापना भएको थियो जसले गर्दा यसको एकाधिकार सोही वर्षबाट अन्त्य भएको थियो। ओमान टेलले मेजन दूरसञ्चार (रिना मोबाइल)को ४०% सेयर खरिद गर्ने घोषण गरेको थियो। २६ जून २०१९ मा ओमानटेलले रिना मोबाइलको ४०% शेयरको अधिग्रहण पक्का गरेको थियो। ओमान दूरसञ्चार नियमन प्राधिकरणको अप्रिल २०१९ को तथ्याङ्क अनुसार, ओमानटेलका प्रिपेड मोबाइल ग्राहकहरूको सङ्ख्या ५८ लाख ६४ हजार ७ सय ४२ रहेको छ।

प्रमुख व्यक्तिहरू सम्पादन गर्नुहोस्

कार्यकारीहरू सम्पादन गर्नुहोस्

१) श्री तलाल सौद मार्हुन अल ममारी - प्रमुख कार्यकारी अधिकृत

२) श्री मार्सियाल कराटी - प्रमुख वित्तीय अधिकारी

३) श्री साम अहमद अल घसनी - प्रमुख सञ्चालन अधिकारी

विभाग सदस्यहरू सम्पादन गर्नुहोस्

१) सुल्तान बिन हमदुन अल हर्थी - अध्यक्ष

२) श्री सौद बिन अहमद अब्दुल करिम अल नहारी - उपाध्यक्ष

३) श्री महदी मोहम्मद जावद अब्दुला अल अब्दुवानी - निर्देशक

उदेश्यहरू सम्पादन गर्नुहोस्

१) ग्राहकहरूको सबै सञ्चार आवश्यकताहरू पूरा गर्नु

२) एक टोली उन्मुख वातावरणमा प्रतिभाहरूलाई आकर्षित तथा विकास गर्नु

३) हाम्रो सेयरधनीहरूमा लाभदायक वृद्धि गर्नु

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "ओमान दूरसञ्चार कम्पनी", गुगल वित्त, अन्तिम पहुँच मार्च ५, २००९ 
  2. "Omani government raises $530m from sale of 19% of Omantel" 
  3. "Omantel acquires 65% stake in WorldCall Pakistan", इन्साइड टेलिफोनी, अप्रिल १९, २००८, अन्तिम पहुँच मार्च ५, २००९  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३, २००८ मिति
  4. "Omantel bags MENA Excellence Award in Employee Engagement" वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०५ मिति, टाइम्स अफ ओमान, २६ मे २०१५ अन्तिम पहुँच मिति ६ जुलाई २०१५

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट