एसके दूरसञ्चार कम्पनी लिमिटेड दक्षिण कोरियाको ताररहित दूरसञ्चार परिचालक हो । यो एसके समूह को एक भाग हो । कम्पनीको मुख्यालय दक्षिण कोरियाको राजधानी सोलमा रहेको छ भने कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत जङ हो पार्क हुन् ।

एसके दूरसञ्चार कम्पनी लि
에스케이텔레콤주식회사
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:Kse
एनवाइएसइSKM
आइएसआइएनUS78440P1084 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापितअप्रिल २०, १९८४; ३९ वर्ष पहिले (अप्रिल २०, १९८४) (कोरिया मोबाइल दूरसञ्चारको रूपमा)
१९९७ (एसके दूरसञ्चारको रूपमा)
केन्द्रीय कार्यालयसोल, दक्षिण कोरिया
मुख्य व्यक्ति
जङ हो पार्क (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूताररहित दूरसञ्चार सेवा
मोबाइल वेब
इन्टरनेट
मोबाइल
राजश्व $१७.०९२ बिलियन (२०१६)[१]
कर्मचारी सङ्ख्या
२०,९५५
मूल सङ्गठनएसके समूह (१९९४ देखि)
वेबसाइटwww.sktelecom.com

एसके दूरसञ्चार, दक्षिण कोरियाको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । सन् २००८ को अनुसार यसले स्थानीय बजारको ५०.५ प्रतिशत भाग ओगटेको छ । सन् १९८४ मा यसको निर्माण पछि, कम्पनी पहिलो पुस्ताको एनालग सेलुलर प्रणालीबाट दोस्रो सिडिएमए विकास गरेको थियोे । त्यसपछि यसले पहिलो तेस्रो पुस्ता आईएमटी-२००० सेलुलर प्रणाली विकास गरेको थियोे । एसके दूरसञ्चार, मे २००६ मा एचएसडिपीडीए को व्यावसायिककरण गर्न पहिलो दूरसञ्चार सेवा प्रदायक बन्यो । एसकेले निश्चित-लाइन परिचालक, हनारो टेलिकमको फेब्रुअरी २००८ मा प्राप्त गरेर यसको ल्याण्डलाइन बजारमा विस्तार गर्यो ।

नोभेम्बर २०१५ मा यसको आफ्नै केबल एकाई, एसके ब्रोडब्यान्डसँग मिलाउनको लागि, एसके दूरसञ्चारले देशको सबैभन्दा ठूलो केबल र इन्टरनेट सञ्चालक सीजे होलो भिजन प्राप्त गर्न सम्झौतामा हस्ताक्षर गरेको थियोे ।[२] यसको सहायक कम्पनी एसके सञ्चारले, दक्षिण कोरियाको एक लोकप्रिय वेब पोर्टल नेटको सञ्चालन गर्दछ ।[३]

इतिहास सम्पादन गर्नुहोस्

एसके दूरसञ्चार, सन् १९८८ मा कोरिया मोबाइल दूरसञ्चार सेवाको नामले स्थापित भएको थियो (ह्याङ्गुल 한국 이동 통신 서비스) तर पछि फेरि मे १९८८ मा कोरिया मोबाइल दूरसञ्चार निगमको रूपमा नामकरण गरिएको थियो । (ह्याङ्गुल 한국 이동 통신) केटिले सन् १९९३ मा यसलाई बेच्नु भन्दा अधि, यो राज्य एकाधिकारमा रहेको फोन कम्पनी, कोरिया दूरसञ्चार (हाल केटि निगम) को सहायक कम्पनी थियोे । जून १९९४ मा एसके समूह (पहिला सुनक्योङ समूह) कोरिया मोबाइल दूरसञ्चार निगमको सबैभन्दा ठूलो शेयरधनी बनेको थियोे । कोरिया मोबाइल दूरसञ्चार निगमले आधिकारिक रूपमा जनवरी १९९७ मा एसके समूहमा सामेल भएको थियोे र त्यस वर्षको मार्चमा एसके दूरसञ्चारको रूपमा यसले आफ्नो नाम परिवर्तन गरेको थियोे । अक्टोबर २००० मा, डब्लू-सिडिएमए प्रविधि प्रयोग गरी एक व्यावसायिक ३ जी सेवा सुरु गर्ने, एसके दूरसञ्चार संसारमा एनटिटि डोकोमो पछिको दोस्रो सञ्चालक बनेको थियोे । जनवरी २००२ मा, यो संसारको पहिलो स्तरको CDMA2000 1xEV-DO सञ्जाल सुरुवात गरेको थियोे जसले त्यसबेलामा रहेको २ जी सञ्जालको गति बढाउनमा सहयोग गरेको थियोे ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "दूरसञ्चारको आम्दानीको विवरण", याहू! बित्त। 
  2. लि मिन-ह्युङ (नोभेम्बर २, २०१५), "एसके दूरसञ्चारले सिजे हेलोभिजनसँग सम्झौता गरेको छ", कोरिया टाइम्स 
  3. "ब्रण्डको इतिहास", एसके दूरसञ्चार कम्पनी लिमिटेड, मूलबाट २०१५-०५-०९-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-०९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्