एबिगेल जोनसन

अमेरिकी महिला व्यावसायी

एबिगेल पियरपोन्ट जोनसन [२] (जन्म डिसेम्बर १९, १९६१) एक अमेरिकी अरबपति व्यवसायी हुन्।[३] सन् २०१४ देखि उनी अमेरिकी लगानी संस्था फिडेलिटी इन्भेस्टमेन्ट (एफएमआर)को अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत तथा यसको अन्तर्राष्ट्रिय भगिनी संस्था फिडेलिटी इन्टरनेसनल (एफआइएल)को अध्यक्षको रूपमा कार्यरत रहेकी छिन्।[४] फिडेलिटी उनका हजुरबुबा एडवर्ड सी जोनसन द्वितीयले स्थापना गरेका थिए। उनको बुबा एडवर्ड सी 'नेड' जोनसन तृतीय एफएमआरको आजिवन अध्यक्षको रूपमा रहेका छन्। सन् २०१३ को मार्चमा, जोनसन परिवारको कम्पनीमा ४९% तथा जोनसनको आफ्नो २४.५% को स्वामित्व रहेको थियो।[५] [६]

एबिगेल जोनसन
जन्मएबिगेल पियरपोन्ट जोनसन
(1961-12-19) १९ डिसेम्बर १९६१ (उमेर ६२)
शिक्षाविलियम स्मिथ क्लेज (मानविकिमा स्नातक)
हावर्ड विश्वविद्यालय (व्यवस्थापनमा स्नातकोत्तर)
पेशाफिडेलिटी इन्भेस्टमेन्टको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख
फिडेलिटी इन्टरनेसनलको अध्यक्ष
जम्मा सम्पतिअमेरिकी डलर १५ अर्ब (सेप्टेम्बर २०२०)[१]
जीवनसाथीक्रिस्टोफर म्याकोन
सन्तान
मातापिताएडवर्ड सी "नेड" जोनसन तृतीय

सन् २०१६ नोभेम्बरमा जोनसनलाई ४५,००० कर्मचारी भएको फिडेलिटीको उनी प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष रहने गरी सम्पूर्ण अधिकारको साथ अध्यक्षको मनोनयन गरिएको थियो।[७] जोनसनको कुल सम्पति लगभग १६ अर्ब अमेरिकी डलर रहेको छ, उनी विश्वको धनी महिला मध्ये पनि एक हुन्। उनलाई सन् २०१६ मा फोर्ब्सले अमेरिकाको ५० ठूला सहरहरूको धनी व्यक्तिको सूचीमा सूचीबद्ध गरेको थियो तथा सन् २०१९ मा ७औँ शक्तिशाली महिलाको रूपमा सूचीकृत गरेको थियो । [८] उनी म्यासेचुसेट्सको सबैभन्दा धनी व्यक्ति पनि हुन्। [९]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Forbes profile: Abigail Johnson", Forbes, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 
  2. "Abby Johnson Has Wedding", The New York Times, जुन २६, १९८८, अन्तिम पहुँच फेब्रुअरी २४, २०११ 
  3. "The World's Billionaires (2010): #48 Abigail Johnson", Forbes, मार्च ३, २०१०, अन्तिम पहुँच फेब्रुअरी २४, २०११ 
  4. O'Donnell, Carl (अक्टोबर १३, २०१४), "Abigail Johnson Replaces Father Edward As CEO Of Fidelity", Forbes, अन्तिम पहुँच डिसेम्बर ५, २०१४ 
  5. "Abigail Johnson", Forbes (अङ्ग्रेजीमा)। 
  6. Lau, Debra (मे २१, २००१), "Fidelity Promotes Abigail Johnson To President", Forbes, अन्तिम पहुँच फेब्रुअरी २४, २०११ 
  7. Healy, Beth (नोभेम्बर २१, २०१६), "'Ned' Johnson stepping down as Fidelity chairman", The Boston Globe, अन्तिम पहुँच २६ डिसेम्बर २०१६ 
  8. "Abigail Johnson", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०४-१० 
  9. https://www.considerable.com/money/inheritance/richest-person-every-state/