उषा नेपाल

नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी

उषा नेपाल नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारीनेपाल निर्वाचन आयोगको पूर्व आयुक्त हुन्।[१] उनी वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको अन्तरिम सरकारमा भक्तपुरमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरेकी थिइन्।[२]

उषा नेपाल
व्यक्तिगत विवरण
जन्ममहोत्तरी जिल्ला
नागरिकतानेपाली
पेशापूर्व निजामती कर्मचारी, समाजसेवी

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म महोत्तरी जिल्लामा भएको हो।[३] उषाले विराटनगर, काठमाडौँ, भारतहुँदै मनोविज्ञान विषयमा स्नातकोत्तर र कानुनमा स्नातक समेत उतीर्ण गरेकी थिइन्। वि.सं. २०२६ सालदेखि ९ वर्षसम्म त्रि-चन्द्र कलेजमा उनी मनोविज्ञान पढाउँने गर्थिन्।[३]

सेवा सम्पादन गर्नुहोस्

अध्यापनपछि उनले स्थानीय विकास मन्त्रालयमा काम सुरु गरेकी थिइन्। स्थानीय विकासबाट आपूर्ति मन्त्रालयहुँदै उनी गृह मन्त्रालयमा काम गर्न पुगेकी थिइन्। वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी भक्तपुरमा प्रमुख जिल्ला अधिकारी बनेर जिम्मेवारी निर्वाह गरेकी थिइन्।[४]

भक्तपुरपछि उनी ललितपुर, काठमाडौँ, पर्सा, बाँके, सोलुखुम्बु, मुस्ताङसम्म त्यही पदमा काम गरेकी थिइन्। सरकारी सेवाबाट सेवानिवृत्त भएपछि उनी वि.सं. २०६४ सालको निर्वाचनमा नेपाल निर्वाचन आयोगको आयुक्तमा नियुक्त भएकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालका ४४ महिला जसले पहिलो बनेर इतिहास रचे", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१४ 
  2. "यी हुन् नेपालको पहिलो महिला सिडिओ", ई कर्मचारी (नेपालीमा), २०२१-०३-०८, अन्तिम पहुँच २०२२-१२-१४ 
  3. ३.० ३.१ केसी, पुष्पा, "पहिलो महिला सिडिओको संघर्ष : परिवारलाई झुक्याएर लोकसेवाको फारम भरेँ", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१४ 
  4. बस्नेत, मनबहादुर, "मुलुकको पहिलो महिला सीडीओ भन्छिन्– ‘पार्टीवालामा परिवर्तनको उन्माद थियो’", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१४