उदयपुर उपत्यका मध्य पूर्वी नेपालमा कोशी नदीको पश्चिम क्षेत्रमा पर्दछ । कमला नदीले सिंचित यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो । त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहित छन् । उत्तरमा महाभारत पर्वत शृङ्खला तथा दक्षिणमा चुरे पहाडको सबैभन्दा होचो खण्डले घेरिएको यो उपत्यका कोशी प्रदेशमधेश प्रदेश तथा सिन्धुलीउदयपुर दुई जिल्लाको प्रशासनिक संरचनामा रहेको छ । सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी, घुर्मी, भिमान लगायतका बजार समेत छन। महेन्द्रराज मार्गको लाहानबाट गाईघाट हुदै माथी जाने निमार्णाधीन सगरमाथा राजमार्गले तथा पश्चिम खण्डमा काठमाडौँ जोड्न बनाइदै गरिएको बिपी राजमार्ग (वर्दीवास-धुलीखेल राजमार्ग)ले उपत्यकाको यातायत सुचारू छ। तर दुई महत्त्वपूर्ण नगर क्षेत्र सिन्धुली माढी (कमलामाई) र गाईघाट (त्रियुगा ) जोड्ने पुरानो सडकमार्ग अझै पनि कच्ची नै रहेको छ। ६९,३४० जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका (गाईघाट) यो उपत्यकाको सबैभन्दा ठूलो नगर हो भने ३६,४४० जनसङ्ख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोस्रो ठूलो नगर हो। फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसिद्व यो उपत्यका द्रुत गतीमा विकास भइरहेको छ।

भूगोल सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्