राष्ट्रिय परीक्षा बोर्ड

उच्च माध्यमिक परिषद नेपालको स्थापना सन् १९८९मा भएको थियो।[१] यसको प्रधान कार्यालय भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा अवस्थित छ। शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आइसकेको सन्दर्भमा उच्च माध्यमिक शिक्षा परिषद्को रुपान्तरण भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ। साविकको उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति,विद्यालय सञ्चालन सम्बन्धी कार्य शिक्षा विभागबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्क्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र तोकिएको छ।

एस.एल.सी.(कक्षा १०) को परीक्षा एवं कक्षा ११ र १२ को परीक्षा सम्बन्धी कार्यलाई एकीकृत अवयवको रूपमा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आवद्ध गरिएको छ। साथै,कक्षा १० को परीक्षा क्षेत्रीय प्रान्त्तीय अवधारणा अनुसार सञ्चालनमा ल्याइने र कक्षा ८ को परीक्षालाई समेत व्यवस्थित गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरिएकोछ। ऐनमा भएको व्यवस्था अनुसार विद्यालय शिक्षाको परीक्षा सञ्चालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित रहने छ।

राष्ट्रिय परीक्षा बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रूपमा शिक्षा ऐनमा परिभाषित गरिएको छ। बोर्डको सबै कामकारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप रहेको छ। उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट सम्पादन हुँदै आएका सबै कामकारवाही राष्ट्रिय बोर्डबाट सञ्चालन भइरहेका छन्। उच्च माध्यमिक शिक्षा परिषद्को नाममा रहेको चल /अचल सम्पत्ति तथा दायित्व बोर्डमा सरेको छ।

बोर्डको गठन सम्पादन गर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डको गठन विधि निम्नानुसार तय गरिएको छ :

अध्यक्ष
  • मान्यताप्राप्त विश्वविद्यालयवाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तिमा बाह्र वर्षको अनुभव प्राप्त व्यक्तिहरू मध्येबाट लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरू मध्येबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको समितिको सिफारिसका आधारमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति,
उपाध्यक्ष
  • शिक्षा मन्त्रालयको सचिव (तत्कालका लागि अध्यक्षको जिम्मेवारी सहित)
सदस्य
  • मन्त्रालयको सहसचिव (विद्यालय शिक्षा हेर्ने)
  • महानिर्देशक, शिक्षा विभाग
  • कार्यकारी निर्देशक, पाठ्यक्रमविकास केन्द्र
  • सदस्य सचिव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
  • परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय
  • प्राध्यापन, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेका व्यक्तिहरू मध्येबाट बोर्डले मनोनित गरेका कम्तिमा दुईजना महिला सहित तीनजना
  • सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्राध्यानाध्यापकहरू मध्येबाट कम्तिमा एकजना महिला सहित मन्त्रालयले मनोनित गरेका दुईजना
सदस्य सचिब
  • नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वाबोर्डको वरिष्ठ कर्मचारीहरू मध्येबाट मन्त्रालयले तोेकेको कर्मचारी

बोर्डको काम,कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डको काम,कर्तव्य र अधिकार निम्नानुसार तोकिएको छ :

  • मन्त्रालयले स्वीकृत गरेको परीक्षा सम्बन्धी नीतिको अधीनमा रही बोर्डको नीति निर्धारण गरी कार्यान्वयन गर्ने / गराउने,
  • बोर्डको दीर्घकालीन योजनात यार गरी कार्यान्वयन गर्ने / गराउने,
  • विद्यालय शिक्षा परीक्षाको मर्यादा र गुणस्तर कायम भए नभएको सम्बन्धमा मूल्याङ्कन गर्ने / गराउने,
  • बोर्डको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
  • बोर्डको काम सुचारु रूपले सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने,
  • बोर्डको आवधिक तथा वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्ने,
  • तोकिए बमोजिमको अन्य कामहरू गर्ने / गराउने।

कार्यालय तथा कार्य सञ्चालन सम्पादन गर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डको कार्यालय साविकको उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालयमा स्थापना भई दैनिक कार्य सञ्चालन भइरहेको छ। परीक्षा सम्बन्धी कार्य राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यलयबाट भइरहेको छ। र,कक्षा १०को परीक्षा सम्बन्धी कार्य एस.एल.सी.(कक्षा १०)को परीक्षा नियन्त्रण कार्यालयबाट भइरहेको छ।

बोर्डको केन्द्रीय कार्यालय र जिल्लास्थित शाखा कार्यालयहरूबाट विद्यार्थीहरूलाई वितरण गरिने प्रमाणपत्रहरू राष्ट्रिय परीक्षा बोर्डको छाप लगाई, द्रव्यष्टमा NB:- "This certificate has been issued by the National Examinations Board pursuant to clause 41 (2) of the Education Act (8th Amendment), 2073 B.S. (2016 A.D.)” भन्ने वाक्यांश लेखिएको प्रमाणपत्र वितरण गरिने कार्य भइरहेको छ।

कार्यक्षेत्र सम्पादन गर्नुहोस्

माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक शिक्षाको अन्त्यमा हुने कक्षा बाह्रको परीक्षा बोर्डबाट सञ्चालन हुने गरी कार्यक्षेत्र तोकिएको छ। कक्षा दशको परीक्षा क्षेत्रीयस्तरमार आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुने व्यवस्था समेत शिक्षा ऐनमा भएको छ।

शाखा कार्यालयहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डका जिल्लास्थित ११ वटाशाखाकार्यालयहरूले जिल्ला शिक्षा कार्यालयको आवद्धता र समन्वयमा सेवा प्रवाह गर्ने गरी कार्य गरिरहेका छन्।क्रमिक रूपमा सबै जिल्ला शिक्षा कार्यालयको आवद्धतामा राष्ट्रिय परीक्षा बोर्डको जिल्लास्थित शाखा कार्यालय विस्तार गरिने छ। र, क्षेत्रिय / प्रान्तीय कार्यालय समेत स्थापना गर्नेतर्फ प्रकृया अगाडि बढाइएको छ।[१]

यो पनि हेर्नूहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

आधिकारीक वेबसाइट सम्पादन गर्नुहोस्

www.hseb.edu.np वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०५ मिति