इखा पोखरी वा एखा पुखु काठमाडौँको क्षेत्रपाटीमा अवस्थित एक ऐतिहासिक पोखरी हो।[१][२] यो सुकिसकेको पोखरीले करिब सात रोपनी जग्गा ओगटेको छ। पानी ढल तथा पानीको अत्यधिक उत्सर्जनका कारण वर्तमान समयमा यो पोखरी सुकिसकेको छ। यो पोखरीले ओगटेको जग्गालाई विभिन्न प्रयोजनका लागि अतिक्रमण गरिएको छ।[३] पोखरीको छेउमा कन्या मन्दिर विद्यालय नामक एउटा सार्वजनिक विद्यालय छ। कानुनी रूपमा पोखरीलाई विद्यालयको नाउँमा दर्ता गरिएको छ।[४]

इखा पोखरी
सुकेको इखा पोखरी तथा कन्या मन्दिर विद्यालयको तस्विर
इखा पोखरी is located in नेपाल
इखा पोखरी
इखा पोखरी
स्थानकाठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४२′३६″N ८५°१८′२५″E / २७.७१०°N ८५.३०७°E / 27.710; 85.307निर्देशाङ्कहरू: २७°४२′३६″N ८५°१८′२५″E / २७.७१०°N ८५.३०७°E / 27.710; 85.307
प्रकारपोखरी

यो पोखरी सुक्नु पूर्व यस क्षेत्रका स्थानीय नेवारहरूद्वारा विभिन्न अनुष्ठानहरूको लागि यस पोखरीको प्रयोग गर्ने गरेका थिए। केही वर्षयता स्थानीयले पोखरीलाई पुनर्जीवित गर्ने योजना बनाएका छन्।[५]

इखा पोखरी नजिकै थप दुईवटा पोखरी थिए तर जग्गा अतिक्रमणका कारण ती पोखरीहरू लोप भइसकेका छन्।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "लिच्छविकालीन पोखरी मासेर धमाधम निर्माण", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२९ 
  2. "मासिँदै पोखरी, ठडिँदै महल : महानगरकै भवन पोखरी भएको स्थानमा", नागरिक खबर (नेपालीमा), २०२०-०१-०८, अन्तिम पहुँच २०२१-१२-२९  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२९ मिति
  3. "पोखरी मासेर कतै भवन, कतै मैदान", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२९ 
  4. "NGO Forum - Nepal - Ikha Pokhari cries out for preservation" [संरक्षणको लागि प्रतीक्षामा इखा पोखरी], एनजिओ फोरम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०३-२७ [dead link]
  5. "5 ponds in Kathmandu, other than Ranipokhari and Kamalpokhari, you should know about" [रानी पोखरी र कमल पोखरी वाहेक जान्नै पर्ने काठमाडौँका ५ पोखरीहरू], अनलाइन खबर अङ्ग्रेजी संस्करण (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०३-२७ 
  6. "कता हराए २५० वर्ष पुराना चार पोखरी ?", सङ्ग्रहालय सङ्गठन (नेपालीमा), अन्तिम पहुँच २०२१-०३-२७