आनन्द निकेतन वीर शमशेरद्वारा आफ्नी जेठी रानी तथा आनन्द शमशेरका लागि पुल्चोकमा बनाइएको दरबार हो । यो दरबारमा हाल त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानपुल्चोक क्याम्पस रहेको छ । यो दरबारको सामु इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन कुल रत्न तुलाधरको पूर्ण कदको शालिक अनावरण गरिएको छ । वि.सं २०२३ मा नेपाल इन्जिनियरिङ इन्स्टिच्युट जावलाखेलबाट पुल्चोक स्थित आनन्द निकेतनमा सारिएको थियो।[१]

आनन्द निकेतन
सामान्य विवरण
वास्तुकलाको ढाँचानवशास्त्रीय वास्तुकला र युरोपेली शैली
सहरकाठमाडौँ
राष्ट्रनेपाल
ग्राहकवीर शमशेर
प्राविधिक विवरण
बनावटईट र चुना
इन्जिनियरिङ अध्ययन संस्थान परिसरमा रहेको कुल रत्न तुलाधर प्रतिमा

सरकारी स्वामित्व सम्पादन गर्नुहोस्

आनन्द शमशेरले पैतृक सम्पत्ती आनन्द निकेतन भवन र क्याम्प परखाल भित्रको जग्गा बंगला श्री ५ को सरकार अन्तर्गत आर.टि.ओ. नामक सरकारी संस्थालाई रु.१०,५७,४०६।२५ [२] मा फार्छे राजीनामा गरी बिक्री गरेपछि यो दरबार सरकारी स्वामित्वमा आएको थियो ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-१२ मिति स्नातक (बी.ई.÷बी.आर्क.) तहको प्रवेश–परीक्षा तथा क्याम्पस भर्नासम्बन्धी संक्षिप्त जानकारी वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-१२ मिति
  2. ०२०।१२।८।६ मा ल.पु.जि.अ.मा परेको बल्लभ शम्सेर र फाल्गुण शम्सेरको फिरादपत्र ।