आइसर मोटर्स

भारतीय मोटर कम्पनी

आइसर मोटर्स (अङ्ग्रेजी: Eicher Motors, BSE505200, NSEEICHERMOT)को स्थापना सन् १९८२ मा भएको एक भारतिय गाडि बनाउने कम्पनी हो । यसको कार्यालय गुरगाउँ इन्डियामा रहेको छ । रोयल इनफिल्डको स्वामित्व आइसर मोटर्समा रहेको छ । सन् २०१६ मा आइसर मोटर्स लिमिटेड निफ्टि ५० इन्डेक्समा समावेश भएको थियो ।

आइसर मोटर्स
व्यवसाय प्रकार
पब्लिक कम्पनी
व्यावसायिक रूप
आइएसआइएनINE066A01013 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसवारी साधन
स्थापित१९४८; ७६ वर्ष अघि (१९४८)
स्थापनाकर्ताविक्रम लाल
केन्द्रीय कार्यालयगुरगाउँ, भारत
मुख्य व्यक्ति
सिद्धार्थ लाल (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूव्यावसायिक सवारी तथा इन्जिन
राजश्व११,९२३ करोड (युएस$१.७ बिलियन) (2015)
३,०८० करोड (युएस$४३० मिलियन) (2012)
मालिकसिद्धार्थ लाल
सहायक कम्पनीहरू
वेबसाइटwww.eicher.in

इतिहास सम्पादन गर्नुहोस्

 
आइसरको सवारी साधन

आइसर मोटर्स भारतको व्यावसायिक गाडि उत्पादक कम्पनी हो । यस कम्पनीको शुरूवात सन् १९४८ मा विदेशी ट्याक्टरहरूको वितरण तथा सेवाको लागि गुडअर्थ कम्पनीको स्थापना भए पश्चात भएको । सन् १९५९ मा आइसर ट्याक्टर कर्पोरेशन इन्डिया प्राइभेट लिमिटेडको स्थापना आइसर ट्याक्टर कम्पनी तथा जर्मन ट्याक्टर उत्पादकको सहकार्यमा भएको थियो । सन् १९६५ देखि आइसर भारतमा भारतिय शेयरधनीहरूले स्वामित्व ग्रहण गरेका थिए । जर्मन आइसर ट्याक्टरको अर्थ स्वामित्व मासेइ-फर्गुसनले सन् १९७० देखि ग्रहण गरेका थिए, जुन ३० प्रतिशतको स्वामित्व रहेको छ । मासेइ-फर्गुसनले जर्मन कम्पनीलाई सन् १९७३ मा खरिद गरेका थिए ।

सन् २००५ मा आइसर मोटर्स लिमिटेडले आफ्नो ट्याक्टर तथा इन्जिन व्यावसायलाई चेन्नईमा अवस्थित ट्याफे ट्याकटरसलाई बेचेका थिए । सन् १९८२ अक्टोबरमा मित्सुविसीसँग हल्का व्यावसायिक सवारी साधन उत्पादनको गर्नको लागि सम्झौता गरेका थिए । हल्का व्यावसायिक सवारी साधन आइसर मित्सुविसी ब्राण्डमा बिक्रि हुने गर्दथ्यो । सन् १९९० फेब्रुअरी मा आइसर गुडअर्थले इन्फिल्ड इन्डियाको २६ प्रतिशत शेयर खरिद गरेको थियो र सन् १९९३ मा आइसले रोयल इन्फिल्ड इन्डियाको सर्वाधिक शेयर गरेको थियो ।

सन् २००८ मा आइसर मोटर्स लिमिटेड तथा भोल्भो समूहको ५०:५० प्रतिशतको उपक्रममा भिइ व्यावसायिक सवारि साधानको डिजाइन, उत्पादन तथा बजारीकरण गर्ने गरेका थिए । हाल भोल्भो समूहले भिइ व्यावसायिक सवारि साधानको ४५.६ प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको छ । [१]

समूह संरचना सम्पादन गर्नुहोस्

आइसर समूहमा विभिन्न डिजाइन, विकास, तथा स्थानिय र अन्तर्राष्ट्रिय ट्रकहरूको बजारीकरण, बस, मोटरसाइकर, सवारी साधनको पार्टस तथा सामानहरूको व्यावसायिक स्वार्थ रहेको छ । आइसरले विकासको सम्भावित क्षेत्रहरू जस्तो व्यवस्थापन परामर्श सेवा, कस्टोमाइज इन्जिनियरिंग तथा नक्सा तथा भ्रमण पुस्तकहरूमा लगानी गरेका छ ।

भिइ व्यावसायिक सवारि साधान लिमिटेड भोल्भो समूह तथा आइसर मोटर्स लिमिटेडको संयुक्त उपक्रमको कम्पनी हो । भिइ व्यावसायिक सवारि साधान लिमिटेड पाँच व्यावसायिक इकाइहरूमा विभाजित रहेको छ ।

  • आइसर ट्रक तथा बसहरू
  • भोल्भो ट्रक भारत
  • आइसर इन्जिनियरिंग कम्पोनेन्ट
  • भिइ पावरटे्रन
  • रोयल इन्फिल्ड मोटर्स

सवारी साधनहरू सम्पादन गर्नुहोस्

  • आइसर पोलारिस मल्टिक्स
  • रोयल इन्फिल्ड

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Annual and Sustainability Report 2016" (PDF), Volvo, पृ: 74।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०२ मिति