अवलोकितेश्वर महायान बौद्ध धर्म सम्प्रदाय को सबै भन्दा लोकप्रिय बोधिसत्व मध्यकाे एक हो । यि देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरूमा बताइएको छ । अवलोकितेश्वर आफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दीन र दुखी मानिसहरुलाई सहायता गर्छन ।

इंडोनेशिया को जाभा को एक मन्दिरमा  रहेको हातमा कमलको फूल लिएको अवलोकितेश्वरको एक मूर्ती

महायान बौद्ध ग्रन्थ सद्धर्मपुंडरीक मा 'अवलोकितेश्वर बोधिसत्व' को बारेमा चमत्कारपूर्ण बयान गरिएको छ । त्यस्तै चिनिया धर्मयात्री फ़ाहियानले ३९९ ई॰ मा आफ्नो भारत भ्रमणको बेलामा सबै तिर अवलोकितेश्वरको पूजा गरिने देखेको पनि उल्लेख गरेका थिए ।

यस्तो विश्वास गरिन्छ कि भगवान बुद्ध ले बेलाबेलामा मानव रूप मा प्रकट भएर मानिसहरुलाई सत्मार्गमा हिँडन प्रेरित गर्नुहुन्छ । बोधिसत्व अवलोकितेश्वर को कल्पना पनि बुद्धको करुणाकै परिणाम भएको विश्वास गरिन्छ।